News Griha :: न्यूजगृह
कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले

काठमाडौं— नेकपा एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । 

एमालेका तर्फबाट सरकारमा सहभागी भएका आर्थिक माामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाई र उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री जीतबहादुर मल्लले आइतबार सामूहिक राजीनामा दिएका हुन् । 

‘देशको राजनीतिक परिस्थिति बदलिएको परिप्रेक्ष्यमा माननीय मुख्यमन्त्रीज्यूको सहजताका लागि’ राजीनामा दिएको एमाले मन्त्रीहरू भनाइ छ । 

नेकपा माओवादी र एमालेबीचको सहमतिअनुसार गठन भएको सरकारबाट एमाले बाहिरिएपछि अब नेपाली कांग्रेस सरकारमा सहभागी हुने निश्चित भएको छ ।

 

Resignation Letter of UML Ministers1681041626.jpg

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १७:४१
Weather Update