प्रतिनिधि सभाको बैठक बस्दै, विपक्षीले अवरोध गर्ने सम्भावनामंगलबार, साउन १६, २०८०

जनार्दन शर्मा भन्छन्— नेत्र विक्रम चन्दलाई स्वीकार्न गाह्रो छैन सोमबार, साउन १५, २०८० नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले पार्टीमा नेत्र विक्रम चन्दलाई स्वीकार्न गाह्रो नभएको बताएका छन् ।

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, यी हुन् मन्त्री सोमबार, साउन १५, २०८० मधेस प्रदेशमा पन्त्रिपरिषद् विस्तार भएको छ । प्रदेशको श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी जनमत पार्टीका चन्दन सिंहले पाएका छन् भने गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका मोहम्मद समिमले पाएका छन् ।

बस्दै नबसी प्रतिनिधि सभाको बैठक स्थगित सोमबार, साउन १५, २०८० त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुनको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्च स्तरीय छानबिन समितिको माग गर्दै आएको छ । यसमा सत्तापक्ष तयार भएको छैन । यसअघि साउन १० मा बसेको प्रतिनिधि सभा बैठकमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको थियो ।

रास्वपा सरकारमा जान दिन गनेर बसेको छ : रवि लामिछाने सोमबार, साउन १५, २०८० उनले भने, ‘हामी पनि दिन गनेर बसेका छौं । रास्वपा सरकारमा आउनेछ । रास्वपाले आफ्नो नीति लागू गर्ने छ । र हामी परदेश छोडेर घरदेशमा आउने छौं । आफ्नै प्यारो माटोमा जीवन बिताउने छन् । हामी त्यो दिनको प्रतीक्षा गर्ने छौं ।’ सभापति लामिछानेले आफुहरुले जनताको लागि धेरै काम गर्न...

प्रमुख सचेतकसँग प्रधानमन्त्री प्रचण्डले भने— टीआरसी विधेयकमा संसद्मा ढिलासुस्ती भयो सोमबार, साउन १५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा विभिन्न राजनीतिक दलका मुख्य सचेतकसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको छलफलमा सरकारले अगाडि बढाएका महत्वपूर्ण विधेयकको प्रक्रिया अगाडि नबढेकामा चासो व्यक्त गर्दै प्रधानमन्त्रीले संसद्को काम कारबाहीलाई थप प्रभावकारी बनाउन आग्रह गरे ।

माओवादीले पनि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने सोमबार, साउन १५, २०८० बैठक पार्टीको आधिकारिक पेजबाट लाइभ हुनेछ। बैठकमा एउटा र बाहिर अर्कै प्रचार हुने भएकाले यसलाई रोक्न केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरिएको महासचिव गुरुङले बताए । बैठक १७ देखि २१ गतेसम्म चल्नेछ ।

संसद्को अवरोध खुलाउने विषयमा प्रचण्ड र ओलीबीच भेटवार्ता सोमबार, साउन १५, २०८० प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा कुराकानीको विषय सार्वजनिक भएको छैन । तर उनीहरूबीच संसद्को अवरोध हटाउने र मंगलबार प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकको विषयमा छलफल भएको स्रोतले बतायो । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ ।

नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका लागि बाबुरामको नौ बुँदे प्रस्ताव सोमबार, साउन १५, २०८० एक व्यक्ति, एक पद, दुई कार्यकालको अवधारणा अघि सार्दै नेसपाको पार्टी एकताको प्रस्तावमा भनिएको छ,‘सामान्यतः पार्टीले एक व्यक्ति, एक कार्यकारी पद र अधिकतम दुई कार्यकाललाई पालना गर्नेछ । आवश्यक परेमा माथिल्लो समितिको सदस्य तल्लो समितिमा पदाधिकारीसम्म बन्न सक्ने छ ।’

किन बस्दैछ एकीकृत समाजवादीको सचिवालय बैठक ? सोमबार, साउन १५, २०८० माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

जनप्रतिनिधिले सुशासनलाई प्राथमिकतमा राख्नुपर्छ : डा.शेखर कोइराला आइतबार, साउन १४, २०८०

नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण सम्पन्न आइतबार, साउन १४, २०८० एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं नेता रेशमलाल चौधरीले मधेसवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाए ।

जरिवाना तोकेपछि निर्वाचन अयोागविरुद्ध अदालत पुगे रास्वपाका चार सांसद आइतबार, साउन १४, २०८० निर्वाचन खर्च विवरण बुझाएर सार्वजनिक गरे पनि १५ हजार रुपैयाँ जरिवाना तोकेको भन्दै उनीहरू अदालतमा पुगेका हुन् ।









