कांग्रेसको सिको
माओवादीले पनि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने

काठमाडौं— नेकपा माओवादी केन्द्रले पनि पार्टीको केन्द्रीय कमिटी बैठक लाइभ गर्ने भएको छ।
सोमबार बिहान बसेको पदाधिकारी बैठकले बुधबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको पार्टीका महासचिव देव गुरुङले जानकारी दिए ।
बैठक पार्टीको आधिकारिक पेजबाट लाइभ हुनेछ। बैठकमा एउटा र बाहिर अर्कै प्रचार हुने भएकाले यसलाई रोक्न केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरिएको महासचिव गुरुङले बताए । बैठक १७ देखि २१ गतेसम्म चल्नेछ ।
बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदन तयार पार्न पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिइएको महासचिव गुरुङले बताए । यसअघि नेपाली कांग्रेसले पनि केन्द्रीय कमिटी बैठक लाइभ गरेको थियो ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८० ११:०२













