News Griha :: न्यूजगृह
किन बस्दैछ एकीकृत समाजवादीको सचिवालय बैठक ?

काठमाडौं— माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको मिति र स्थान तय गर्नका लागि सचिवालय बैठक बस्न लागेको हो ।

समाजवादीले यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बस्ने तय गरेको थियो तर प्राविधिक कारण जनाउँदै ती बैठक स्थगित गरेको छ ।

संगठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीति, कामको विस्तृत योजनाका साथै पार्टी परित्याग गरी अन्य पार्टीमा गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनीत गर्ने विषयमा छलफल गर्नेलगायत विषय बैठकको कार्यसूचीमा छ ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०६:५४
Weather Update