News Griha :: न्यूजगृह
संसद्को अवरोध खुलाउने विषयमा प्रचण्ड र ओलीबीच भेटवार्ता
फाइल तस्बिर ।

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार बिहान भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा कुराकानीको विषय सार्वजनिक भएको छैन । तर उनीहरूबीच संसद्को अवरोध हटाउने र मंगलबार प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकको विषयमा छलफल भएको स्रोतले बतायो । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ ।

प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजे बस्दै छ । 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १०:४३
Weather Update