News Griha :: न्यूजगृह
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, यी हुन् मन्त्री

काठमाडौं—  मधेस प्रदेशमा पन्त्रिपरिषद् विस्तार भएको छ । प्रदेशको श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी जनमत पार्टीका चन्दन सिंहले र गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका मोहम्मद समिमले पाएका छन् ।

दुवै जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् । योसहित मधेस प्रदेश प्रदेशमा पाँचौं पटक मन्त्रिपरिषद् विस्तार भएको हो ।

सोमबार नै मधेस प्रदेश सरकारमा जनमत पार्टी बिनाविभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवले पदबाट राजीनामा दिएका छन् ।

उनीहरूले राजीनामा दिएपछि अब पार्टीका प्रमुख सचेतक चन्दन सिंहलाई मन्त्री र रञ्जु खंगलाई राज्यमन्त्री बनाउने तयारी भएको जनमत पार्टी संसदीय दलका नेता महेश यादवले बताए ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १८:५५
Weather Update