मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधनबिहीबार, जेठ २५, २०८०

विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द बिहीबार, जेठ २५, २०८० स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ ।

सूर्यविनायकका स्वास्थ्यकर्मीले पाएनन् पाँच महिनादेखि तलब बिहीबार, जेठ २५, २०८० भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबबाट वञ्चित रहेका छन् ।

दादुरा रोगविरुद्धको खोप अभियान सुरु बिहीबार, जेठ २५, २०८० स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ ।

रकम ठगी आरोपमा मेडीसीटी अस्पतालका तीन पूर्वकर्मचारी पक्राउ बुधबार, जेठ २४, २०८० नेपाल मेडीसीटी अस्पताल नख्खु ललितपुरको ‘बिलिङ सेक्सन’मा काम गरेका तीन पूर्वकर्मचारीले अस्पतालबाट करोडौँ रकम ठगी गरेको पक्राउ परेका छन् ।

लम्पी स्किन रोग हिमाली जिल्लामा पनि फैलियो बुधबार, जेठ २४, २०८० गर्मीयाम सुरु भएलगत्तै देशभरि लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । लामखुट्टे, भुसुना, किर्ना र टोक्ने झिंगाको टोकाइबाट सर्ने यो रोग पछिल्लो समय गर्मी बढेसँगै न्यूनीकरण हुनुको साटो देशभर तीव्ररूपमा फैलिँदै गएको छ ।

ओम नर्सिङ होम र हेल्पिङ हेन्ड्स अस्पतालले लक्षित वर्गलाई निःशुल्क उपचार गरेनन् : काठमाडौं महानगर मंगलबार, जेठ २३, २०८० काठमाडौंका ओम नर्सिङ होम र हेल्पिङ हेन्ड्स सामुदायिक अस्पतालले स्वास्थ्यसम्बन्धी ऐन र मापदण्डअनुसार १० प्रतिशत लक्षित समुदायले पाउनुपर्ने सेवा नदिएको पाइएको छ ।

कटारी अस्पतालमा सर्पदंशको उपचार सेवा मंगलबार, जेठ २३, २०८० उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुआत गर्ने भएको छ । गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेकाले अस्पतालबाट नै सर्पदंशको उपचार गर्ने तयारी गरिएको हो ।

१० प्रतिशत नि:शुल्क उपचार नगर्ने अस्पताललाई कडा कारबाही गरिन्छ : स्वास्थ्यमन्त्री मंगलबार, जेठ २३, २०८० स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि कूल शय्याको १० प्रतिशत निःशुल्क नछुट्टाउने अस्पताललाई कडा कारबाही गर्ने बताएका छन् ।

सुर्तीजन्य पदार्थको करमा चलखेल भयो : स्वास्थ्यमन्त्री बस्नेत सोमबार, जेठ २२, २०८० ‘मैले बारम्बार क्याबिनेटमा कुरा उठाएको थिए, प्रधानमन्त्री, अर्थमन्त्रीसँग कुरा राखेँ । तर, सुर्तीजन्य पदार्थमा ट्याक्स बढाउने कुरामा विभिन्न किसिमको चलखेलको कारणले सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीहरूको कारणले, हाम्रा मान्छेको कमजोरीको कारणले १० प्रतिशतभन्दा बढी ट्याक्स बढाउन सकेन,’ उनले भने ।

दमकमा ‘लम्पी स्किन’ रोगविरुद्ध नि:शुल्क भ्याक्सिन लगाउन सुरु आइतबार, जेठ २१, २०८० दमक नगरपालिकाले ‘लम्पी स्किन’ रोगविरुद्ध भ्याक्सिन लगाउन सुरु गरेको छ । नगरले महामारीको रुपमा फैलिएको यस रोगको नियन्त्रण गर्न किसानको गोठसम्म पुगेर निःशुल्क भ्याक्सिन लगाउन थालेको हो ।

रास्वपाले गर्यो संकल्प प्रस्ताव दर्ता, डेङ्गु रोग नियन्त्रण गर्न माग आइतबार, जेठ २१, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डेङ्गु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै संघीय संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेको छ ।

विपन्न, असहाय, वेवारिसे बिरामीको निशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयले गरायो स्मरण आइतबार, जेठ २१, २०८० आइतबार विज्ञप्ति जारी गरेर मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ मा भएको व्यवस्था बमोजिम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ स्वीकृत भै कार्यान्वयनमा आएका अस्पतालहरूलाई पुनः स्मरण गराएको उल्लेख छ ।