News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
दमकमा ‘लम्पी स्किन’ रोगविरुद्ध नि:शुल्क भ्याक्सिन लगाउन सुरु

दमक— दमक नगरपालिकाले ‘लम्पी स्किन’ रोगविरुद्ध भ्याक्सिन लगाउन सुरु गरेको छ । नगरले महामारीको रुपमा फैलिएको यस रोगको नियन्त्रण गर्न किसानको गोठसम्म पुगेर निःशुल्क भ्याक्सिन लगाउन थालेको हो ।

नगरको पशुसेवा शाखाका प्रमुख गणेशकुमार प्रधानले जिल्लामै पहिलोपटक दमक नगरपालिकाले लम्पी स्किन रोग नियन्त्रणका लागि १० लाख बराबरको भ्याक्सिन खरिद गरेर नि:शुल्क लगाउन थालेको बताए ।

Prabhu Bank

‘विगत तीन वर्षअघि देखा परेको रोग अहिले महामारीकै रुपमा फैलियो’,उनले भने,‘रोग नियन्त्रण गर्ने एक मात्र माध्यम भ्याक्सिन हो । बजेटले भ्याएसम्म नि:शुल्क लगाई दिन्छौँ ।’

उनले टोल विकास समितिमार्फत प्राविधिकलाई किसानको गोठगोठमा पुर्‍याएर भ्याक्सिन लगाउन निर्देशन दिइएको बताए । रोग नलागेका वस्तुलाई मात्र भ्याक्सिन लगाउन थालेका उनको भनाइ छ ।

उनले नगर क्षेत्रका साढे चार हजार गाई गोरुलाई पुग्ने गरी भ्याक्सिन खरिद गरिएको बताए । शनिबारदेखि नै वडा नम्बर १० बाट भ्याक्सिन लगाउन सुरु गरिएको उनले बताए । उनलै दुई दिनमा सात सय गाई गोरुलाई भ्याक्सिन लगाइसकेको बताए ।

दमक नगरपालिकामा लम्पी स्किन रोगबाट हाल तीन हजार बढी गाई, गोरु, राँगा, भैँसी बिरामी भएको उनले जानकारी दिए । उनले प्रति भ्याक्सिन दुई सय २९ का दरले खरिद गरेर किसानलाई राहत पुर्‍याउनले उद्देश्यले निःशुल्क दिएको बताए ।

यसअघि जिल्लाका विभिन्न पालिकाका किसानले आफैं भ्याक्सिन खरिद गरेर पशुलाई लगाउँदै आएका छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  २१:३८
sagarmatha cementsagarmatha cement
Weather Update