News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सुर्तीजन्य पदार्थको करमा चलखेल भयो : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा कर बढाउने कुरामा विभिन्न किसिमको चलखेल भएको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित डिप्लोमा इञ्जिनियर्स एसोसिएसन नेपाल डीनको ४३औँ वार्षिकोत्सव र विश्व वातावरण दिवसको अवसरमा ‘प्लास्टिक प्रदूषणको समाधान’ विषयक कार्यशालामा मन्त्री बस्नेतले सरकारले सुर्तीजन्य पदार्थमा १० प्रतिशत भन्दा बढी कर बढाउन नसकेको बताए । 

Prabhu Bank

‘मैले बारम्बार क्याबिनेटमा कुरा उठाएको थिए, प्रधानमन्त्री, अर्थमन्त्रीसँग कुरा राखेँ । तर, सुर्तीजन्य पदार्थमा ट्याक्स बढाउने कुरामा विभिन्न किसिमको चलखेलको कारणले सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीहरूको कारणले, हाम्रा मान्छेको कमजोरीको कारणले १० प्रतिशतभन्दा बढी ट्याक्स बढाउन सकेन,’ उनले भने । 

‘नेपालको संविधानले स्वास्थ्य र शिक्षा निःशुल्क जनताले पाउने अधिकार भनेको छ । जनतालाई चाहिँ यो अधिकार दिएका छौँ । तर, जनताले चाहिँ प्रयोग गर्न सकिरहेका छैनौँ । यतिसम्म सरकारको कमजोरी देखियो,’ उनले थपे । 

सरकार स्वास्थ्य क्षेत्रको मामिलामा निकै नै कमजोर देखिएको उनको भनाइ छ । 

स्वास्थ्यमन्त्री बस्नेतले सरकारले जनताको हक हितमा गरेको काम र दिएको अधिकारलाई जनताले अहिलेसम्म पनि प्रयोग गर्न नसकेको बताए । 

उनले भने ‘नेपाल सरकारले १० प्रतिशत प्रत्येक हस्पिटलका बेडहरू विपन्न असहाय बेवारिसेलाई दिनुपर्छ भनेर निर्णय गरेको छ । तर, त्यसलाई अहिलेसम्म कार्यान्वयन गर्न सकेको छैनौँ ।’ 

उनले कतिपय स्वास्थ्य संस्था बेवारिसे अवस्थामा भएको र जनताको भावनासँग खेल्ने काम गरेको जिकिर पनि गरे । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १२:१६
sagarmatha cementsagarmatha cement
Weather Update