News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
लम्पी स्किन रोग हिमाली जिल्लामा पनि फैलियो

ललितपुर— गर्मीयाम सुरु भएलगत्तै देशभरि लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । लामखुट्टे, भुसुना, किर्ना र टोक्ने झिंगाको टोकाइबाट सर्ने यो रोग पछिल्लो समय गर्मी बढेसँगै न्यूनीकरण हुनुको साटो देशभर तीव्ररूपमा फैलिँदै गएको छ ।

पशु सेवा विकासका सूचना अधिकारी डा.चन्द्र ढकालले पछिल्लो समय हिमाली जिल्लाबाट लम्पी स्किन रोगका कारण पशु संक्रमित भएको सूचना आएको जानकारी दिए ।

Prabhu Bank

नेपालमा हालसम्म करिब पाँच लाख पशु लम्पी स्किन रोगबाट संक्रमित भएको र करिब छ हजार पशु मरेको सूचना अधिकारी ढकालले जानकारी दिए ।

लम्की स्किन रोग न्यूनीकरणका लागि खोप आइसकेको भन्दै उनले संक्रमित नभएका पशुलाई खोप लगाउन किसानलाई आग्रह गरे ।

मुख्यगरी सव सहारन अफ्रिका मध्यपूर्व र टर्कीमा देखिने गरेको लम्पी स्किन रोग सन् १९८९ मा इजरायलमा देखिएको थियो । सन् २०१९ पछि दक्षिण एसियाको बंगलादेश, भारत र चीनलगायतका देशमा देखा परिसकेको छ ।

२०७७ साल १० असारमा मोरङ जिल्लामा लम्पी स्किन रोगको लक्षण देखा परेको सूचना अधिकारी ढकाले जानकारी दिए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ०६:००
sagarmatha cementsagarmatha cement
Weather Update