मोबाइल प्रयोगले बालबालिकामा एकोहोरो हुने, रिसाउने, झर्किनेजस्ता समस्यामंगलबार, असार १२, २०८०

स्वास्थ्य बीमा कार्यक्रममा देखिएको कमीकमजोरी हटाउँदै लगिनेछ : स्वास्थ्यमन्त्री बस्नेत सोमबार, असार ११, २०८० स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य सोमबार, असार ११, २०८० गत शनिबारदेखि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले जानकारी दिए ।

नियमित जाँच गरी सुत्केरी भएमा १० हजार प्रोत्साहन सोमबार, असार ११, २०८० हिमाली जिल्ला मनाङको नासो गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित जाँच गरी सुत्केरी भएमा रु १० हजार प्रोत्साहन रकम दिने निर्णय गरेको छ । स्वास्थ्य संस्थामा पुगेर नियमित स्वास्थ्य परीक्षण नगराइ सुत्केरी हुने प्रचलनलाई निरुत्साहित गर्न गाउँपालिकाले यो नीति लिएको हो ।

काभ्रेका स्थानीय तहमा फैलियो लम्पी स्किन सोमबार, असार ११, २०८० जिल्लाको करिब ३५ हजार पशुमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ ।

सवारीचालक अनुमतिपत्रको नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी पक्राउ शनिबार, असार ९, २०८० सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । यातयात व्यवस्था कार्यालय बाग्लुङले माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा ‘ट्रायल सेन्टर’ मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको हो ।

सुत्केरीलाई पाँच हजार भत्ता शनिबार, असार ९, २०८० जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई रु पाँच हजार भत्ता दिएको छ । २६ जना सुत्केरीलाई उक्त रकम गाउँपालिकाको स्वास्थ्य शाखाले प्रदान गरेको हो ।

गर्भवतीलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा शनिबार, असार ९, २०८० हुम्लाको दक्षिणी भेगस्थित ताँजकोट गाउँपालिकाले गाउँ गाउँमा पुगेर गर्भवतीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ ।

वीरका सात सय शय्या बिरामीका लागि निःशुल्क शुक्रबार, असार ८, २०८० वीर अस्पतालमा आजदेखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ ।

मैले सरकारको होइन गलत क्रियाकलाप र नीतिको विरोध गरेको हो : स्वास्थ्यमन्त्री बस्नेत शुक्रबार, असार ८, २०८० स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सरकारमा बसेर सरकारको होइन गलत क्रियाकलाप र नीतिको विरोध गरेको बताएका छन् ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य शुक्रबार, असार ८, २०८० त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उल्लेख छ ।

आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत शुक्रबार, असार ८, २०८० स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्ने बताएका छन् ।

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव शुक्रबार, असार ८, २०८० भेरी अस्पताल नेपालगञ्जमा झन्डै डेढ सातादेखि रेबिजविरुद्धको खोप अभाव भएको छ ।