News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
फाइल तस्बिर ।

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उल्लेख छ ।

राष्ट्रपति पौडेल यही असार २ गतेदेखि सो अस्पतालमा उपचाररत छन् । रासस

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १५:२५
Weather Update