वीरका सात सय शय्या बिरामीका लागि निःशुल्क

काठमाडौं— वीर अस्पतालमा शुक्रबारदेखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले शुक्रबारदेखि बिरामीका लागि सात सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले जानकारी दिए ।
उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा निःशुल्क शय्याको व्यवस्था गरिएको बताए । उनका अनुसार अस्पतालले सात सय साधारण शय्या निःशुल्क गरिएको छ ।
मन्त्रालयको पहलमा शय्याबापत आउने पैसाको सोधभर्ना गर्नेगरी सर्वसधारणका लागि निःशुल्क गरिएको निर्देशक डा.पौडेलले जानकारी दिए ।
यसअघि प्रतिदिन दुई सय शय्यामा शुल्क लाग्ने गरेको थियो । अस्पतालमा क्याविन, सघन उपचारकक्ष (आईसीयू) गरी नौ सय ६० शय्या रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० २२:०८