News Griha :: न्यूजगृह
बागलुङका ७७ मुहानको खानेपानीमा ‘कोलीफर्म’
बागलुङका ७७ मुहानको खानेपानीमा ‘कोलीफर्म’ बागलुङ जिल्लाका ७७ मुहानको खानेपानीमा दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ रहेको पाइएको छ । जिल्लाका १० स्थानीय तहबाट दुई सय १३ खानेपानी मुहानको नमुना सङ्कलन गरी पानी परीक्षण गर्दा ७७ मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । 
लम्पी स्कीन रोग नियन्त्रण गर्न स्थानीय तहलाई पशु सेवा विभागकाे आग्रह
लम्पी स्कीन रोग नियन्त्रण गर्न स्थानीय तहलाई पशु सेवा विभागकाे आग्रह पशु सेवा विभागले पशुमा देखिने लम्पी स्कीन रोगको उपचार गर्न सबै स्थानीय तहलाई आग्रह गरेकाे छ । 
कालीकोटको रुडु र रानावाडा गाउँमा तीन सयभन्दा धेरै बिरामी, एकको मृत्यु
कालीकोटको रुडु र रानावाडा गाउँमा तीन सयभन्दा धेरै बिरामी, एकको मृत्यु ‘अज्ञात रोग फैलिएको ठाउँमा स्वास्थ्यकर्मीको टोली पुगेर उपचार गरिरहेको छ’उनले भने,‘अहिले नगरपालिकाको चिकित्सकसहितको टोली अज्ञात रोग फैलिएको गाउँमा रहनुभएको छ ।’ रुडु र रानावाडा गाउँमा फैलिएको अज्ञात रोग भाइरल फ्लुबाट प्रभावित व्यक्तिमध्ये एक सय ६० जनाको स्वास्थ्य जाँच भएको र अन्यको उपचार भइरहेको तिलागुफा नगर अस्पतालका प्रमुख डा.टङ्कप्रसाद आचार्यले जानकारी...
स्वास्थ्य सेवामा सरल पहुँचका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल
स्वास्थ्य सेवामा सरल पहुँचका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल त्यसका लागि स्वास्थ्य क्षेत्रका प्रतिष्ठानहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ । उनले स्वास्थ्य सेवा र यस क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको विकासका निम्ति प्रतिष्ठानको उत्पादन, सेवा र बितरण प्रणाली सरल, पूर्वाग्रहरहित, आम नागरिकको पहुँच पुग्ने स्तरको हुनुपर्ने बताएका हुन ।
देशभर डेङ्गु सङ्क्रमण बढ्दै, सङ्क्रमणबाट जोगिन के गर्ने ?
देशभर डेङ्गु सङ्क्रमण बढ्दै, सङ्क्रमणबाट जोगिन के गर्ने ? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेपछि लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले डेङ्गु सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । लामखुट्टेबाट बच्नका लागि सधैं झुल टाँगेर मात्र सुत्न, खेतबारीमा  काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरिएको छ । यस्तै मन्त्रालयले सम्भव भएसम्म लामखुट्टे भगाउने...
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ल्याइयो
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ल्याइयो सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको हो ।
प्राकृतिक चिकित्साको बारेमा मुलुक कस्तुरीको बिना जस्तो अवस्थामा : स्वास्थ्यमन्त्री बस्नेत  
प्राकृतिक चिकित्साको बारेमा मुलुक कस्तुरीको बिना जस्तो अवस्थामा : स्वास्थ्यमन्त्री बस्नेत   स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाल प्राकृतिक चिकित्साको बारेमा कस्तुरीको बिना जस्तो अवस्थामा रहेको बताएका छन् ।
वीरेन्द्रनगरका स्वास्थ्यकर्मी आठ महिनादेखि तलबविहीन
वीरेन्द्रनगरका स्वास्थ्यकर्मी आठ महिनादेखि तलबविहीन सुर्खेतको वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा र अन्य स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन् ।
राष्ट्रपतिको ५५ लाख उपचार खर्च सरकारले बेहोर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
राष्ट्रपतिको ५५ लाख उपचार खर्च सरकारले बेहोर्ने मन्त्रिपरिषद् बैठकको निर्णय राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदाआउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीको दैनिक भ्रमणभत्तालगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ सरकारले बेहोर्ने भएको हो ।
अन्धविश्वास र लापरबाही : सर्पदंशबाट मृत्युको कारण
अन्धविश्वास र लापरबाही : सर्पदंशबाट मृत्युको कारण गर्मीयाममा तराई र पहाडी जिल्लामा सर्पदंशका घटना बाक्लै हुने गरेका छन् । सर्पदंशबाट कैयनले अकालमा ज्यान गुमाउनु परिरहेको छ । उपचारका लागि दर्जनौँ केन्द्रहरू सञ्चालनमा रहे पनि अन्धविश्वास र लापरबाहीका कारण धेरैजसो बिरामीले छिटो उपचारमा नपुग्दा जीवन गुमाउनु परिरहेको छ ।
आठ वर्षमा साढे तीन लाख स्वास्थ्य जनशक्ति आवश्यक : आयोग
आठ वर्षमा साढे तीन लाख स्वास्थ्य जनशक्ति आवश्यक : आयोग चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८७/८८ सम्ममा साढे तीन लाखभन्दा बढी स्वास्थ्य जनशक्ति आवश्यक हुने प्रक्षेपण गरेको छ । आयोगले आर्थिक वर्ष २०७७/७८ लाई आधार मानी गरेको अध्ययनमा उक्त प्रक्षेपण गरेको हो ।
Weather Update