
काठमाडौं— पशु सेवा विभागले पशुमा देखिने लम्पी स्कीन रोगको उपचार गर्न सबै स्थानीय तहलाई आग्रह गरेकाे छ । सङ्क्रमण फैलिँदै गएकाले विभागले यथाशीघ्र औषधि उपचार तथा खोप खरिद गर्न आग्रह गरेको छ ।
विभागका महानिर्देशक डा.सम्झनाकुमारी काफ्लेले शुक्रबार विज्ञप्ति जारी लम्पी स्कीन रोग फैलिने गएकोले स्थानीय तहलाई उपचार गर्न आग्रह गरेकी हुन् ।
विभागले महामारी नियन्त्रण गर्नका लागि फैलिएका स्थानीय तहमा एक लाख अनुदान उपलब्ध गराएको छ । विभागले महामारी रोकथाम र नियन्त्रण गर्न प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोकेको उनले जानकारी दिइन् ।
विभागले लम्पी स्कीन रोग नियन्त्रण कक्ष स्थापनासहित प्रभावित क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि टोली परिचालन गरेको छ । उनका अनुसार २०७९ चैतदेखि फैलिएको लम्पी स्कीन सङ्क्रमणबाट २५ हजार ८७२ पशु मरेका छन् ।
सङ्क्रमणमबाट देशभरि सात लाख नौ हजार दुई सय तीन पशुवस्तुमध्ये चार लाख ५३ हजार आठ सय १९ पशु निको भइसकेका जनाइएको छ । अहिले पनि दुई लाख २९ हजार छ सय दुई पशु सक्रिय सङ्क्रमित रहेका छन् ।
रोग २०७९ चैत महिनादेखि कोशी प्रदेशबाट रोगको प्रकोप सुरु भई हालसम्म ७६ जिल्लामा रोग पुष्टि भइसकेको छ ।