News Griha :: न्यूजगृह
राष्ट्रपतिको ५५ लाख उपचार खर्च सरकारले बेहोर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले नै बेहोर्ने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदाआउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीको दैनिक भ्रमणभत्तालगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ सरकारले बेहोर्ने भएको हो ।

उक्त रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

यसअघि राष्ट्रपति पौडेलले विज्ञप्ति जारी गर्दै आफैंले उपचार खर्च  बेहोर्ने बताएका थिए ।

यस्ताे थियाे विज्ञप्ति

RASTRAPATI1688476660.jpg

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १९:०२
Weather Update