अर्थतन्त्रका सूचक अत्यन्तै सकारात्मक छन् : अर्थमन्त्री महत बुधबार, मंसिर २७, २०८०
३ सयले घट्यो सुनको मूल्य बुधबार, मंसिर २७, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सयले घटेर १ लाख १६ हजार रुपैयाँ कायम भएको हो ।

आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द बुधबार, मंसिर २७, २०८० आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७८/७९ मा पर्सामा १५२ उद्योगले लगत कट्टा गरिएका थिए ।

शेयर बजार उकालो यात्रामा, मंगलबार ३६.८६ अङ्क बढेर बन्द, चार अर्ब ३० करोडको कारोबार मंगलबार, मंसिर २६, २०८० तीन कारोबार हेर्दा शेयर बजार उकालो यात्रामा देखिएको छ । गत आइतबार ६ प्रतिशतले वृद्धि भएको बजार सोमबार १५.४० अङ्कले घटेको थियो । मंगलबार ३६.८६ अङ्क बढेर बन्द भएको छ ।
५ सय रुपैयाँले घट्यो सुनको भाउ सोमबार, मंसिर २५, २०८० आइतबार १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ५ सय रुपैयाँले घटेर १ लाख १७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
![यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/euro-money1679016003.jpg)
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित] सोमबार, मंसिर २५, २०८० आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ २८ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४ पैसा र बिक्री दर...

नेप्सेमा तेस्रो सर्किट ब्रेक, ६ प्रतिशत बढेपछि आजलाई शेयर कारोबार बन्द आइतबार, मंसिर २४, २०८० दुई वर्षपछि नेप्से परिसूचक एकै दिन उच्च अंकले बढेको छ। आज नेप्से एकै दिन एक सय ११ बिन्दुले बढेपछि तेस्रो सर्किट ब्रेक लागेर बजार बन्द भयो। १२ बजेर ९ मिनेटमा तेस्रो सर्किट ब्रेक लागेपछि तीन घण्टा अघि नै आजलाई बजार बन्द गरिएको छ। चाँडै बन्द भएपछि साविक दिनमा ४ घण्टा...

घट्यो सुनचाँदीको मूल्य आइतबार, मंसिर २४, २०८० कारोबारको पहिलो दिन आइतबार सुनको मूल्यमा तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । आज छापावाल सुन एक हजार तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

किसानले पाएनन् दूधको २२ करोड भुक्तानी शनिबार, मंसिर २३, २०८० जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको २२ करोड रकम पाउन सकेका छैनन् । एक सय १५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानलेसमेत दूधको मूल्य पाउन नसकेका हुन् ।असोजदेखिको भुक्तानी रकम नपाउँदा किसान चिन्तित बनेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले बताए ।

वर्षायाममा प्राधिकरणले भारतलाई बेच्यो १५ अर्ब २४ करोडको बिजुली शुक्रबार, मंसिर २२, २०८० यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको छ ।नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।प्राधिकरणले यस वर्षको जेठदेखि २० मङ्सिरसम्ममा एक अर्ब ७३ करोड ७१ लाख युनिट...

भारतले प्याज निर्यातमा लगायो प्रतिबन्ध, नेपालमा बढ्न सक्छ मूल्य शुक्रबार, मंसिर २२, २०८० भारतीय प्याजले नेपालमा पनि ठूलो हिस्सा ओगट्ने गरेको छ । केन्द्र सरकारले घरेलु बजारमा प्याजको उपलब्धता सुनिश्चित गर्दै मूल्यलाई नियन्त्रणमा राखिरहन यस्तो कदम चालेको हो । विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै प्याज निर्यात नीतिमा फेरबदल गर्दै सन् २०२४ मार्च ३१ सम्म निर्यातमा प्रतिबन्ध लगाइएको जनाएको छ।

शेयर धितो र घरजग्गा कर्जामा नयाँ नीति, बजार र निर्माण क्षेत्र चलायमान हुने अपेक्षा शुक्रबार, मंसिर २२, २०८० नीतिगत व्यवस्थाहरू मार्फत राष्ट्र बैंकले ल्याएको नयाँ व्यवस्थाले बजार चलायमान हुने र आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो नीतिगत व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाखभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने भएको छ ।
बढ्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार? शुक्रबार, मंसिर २२, २०८० कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ । नयाँ मूल्य अनुसार सुन आज तोलामा १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।