भारतले प्याज निर्यातमा लगायो प्रतिबन्ध, नेपालमा बढ्न सक्छ मूल्य
काठमाडौं— बढ्दो मूल्यलाई ख्याल गर्दै भारतले प्याज निर्यातमा रोक लगाएको छ ।
भारतीय प्याजले नेपालमा पनि ठूलो हिस्सा ओगट्ने गरेको छ । केन्द्र सरकारले घरेलु बजारमा प्याजको उपलब्धता सुनिश्चित गर्दै मूल्यलाई नियन्त्रणमा राखिरहन यस्तो कदम चालेको हो ।
भारतले आगामी वर्ष मार्च महिनासम्म प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो । भारतको यो निर्णयले नेपाली नागरिकको चुल्हो सम्म असर गर्न सक्छ। भारतको यो कदमले नेपाली बजारमा अब प्याजको मूल्य अकासिन सक्छ ।
विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै प्याज निर्यात नीतिमा फेरबदल गर्दै सन् २०२४ मार्च ३१ सम्म निर्यातमा प्रतिबन्ध लगाइएको जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८० १४:३३