News Griha :: न्यूजगृह
शेयर धितो र घरजग्गा कर्जामा नयाँ नीति, बजार र निर्माण क्षेत्र चलायमान हुने अपेक्षा

काठमाडौं— नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा मार्फत केही लचक नीतिहरू ल्याएको छ ।

नीतिगत व्यवस्थाहरू मार्फत राष्ट्र बैंकले ल्याएको नयाँ व्यवस्थाले बजार चलायमान हुने र आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।

पछिल्लो नीतिगत व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाखभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने भएको छ ।

त्यस्तै ५० लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरिने भएको छ ।

यसअघि यो अनुमान ५० प्रतिशत थियो । यो व्यवस्थाले निर्माण क्षेत्रलाई चलायमान बनाई सिमेन्ट तथा डण्डीको बजार पनि बढ्ने अनुमान छ ।

२५ लाख रुपैयाँ सम्मको आवासीय घरकर्जामा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम लिन नपाउने व्यवस्थासमेत नयाँ नीतिले गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १२:३०
Weather Update