News Griha :: न्यूजगृह
उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय
उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय सरकारले उखु किसानहरूलाई ५२ करोड रुपैयाँ तत्काल भुक्तानी दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा आइतबार सरोकारवालासँग बसेको बैठकले उखु किसानहरूको भुक्तानी गर्न बाँकी रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
५ महिनामा सरकारको खर्च आम्दानीभन्दा ६९ अर्ब बढी
५ महिनामा सरकारको खर्च आम्दानीभन्दा ६९ अर्ब बढी चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनमा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत मंसिर मसान्तसम्ममा सरकारले गरेको आम्दानीभन्दा खर्च बढी देखिएको छ ।
घट्यो सुनचाँदीको मूल्य
घट्यो सुनचाँदीको मूल्य साताको पहिलो कारोबारको दिन आइतबार आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बार्गेन पर्चेज र एफपीओको लाभबाट ४१ संस्थाले बुझाए राजस्व, दुई दिनमै करिब १३ अर्ब रुपैयाँ संकलन
बार्गेन पर्चेज र एफपीओको लाभबाट ४१ संस्थाले बुझाए राजस्व, दुई दिनमै करिब १३ अर्ब रुपैयाँ संकलन र्जर, प्राप्तिबाट हुने लाभ (बार्गेन पर्चेज) र एफपीओको लाभबाट हुने लाभकर अन्तर्गत साढे १२ अर्ब ८१ करोड रुपैयाँ राजस्व उठेको छ । ठूला करदाता कार्यालयमा शुक्रबार र शनिबार गरी यो राजस्व जम्मा गरिएको हो ।  कार्यालयका अनुसार शुक्रबार र शनिबार ४ बजेसम्म एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट उक्त...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो ।निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले शुक्रबार पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ ।...
कुमारी बैंकले शेयरधनीलाई लाभांश नदिने
कुमारी बैंकले शेयरधनीलाई लाभांश नदिने यो वर्ष कुमारी बैंकले शेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको बिहीबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।
फोनपेको सञ्चालक समितिको अध्यक्षमा सशीन जोशी 
फोनपेको सञ्चालक समितिको अध्यक्षमा सशीन जोशी  फोनपेको सञ्चालक समितिको अध्यक्षमा सशीन जोशी नियुक्त भएका छन् ।
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । पछिल्ला केही दिनदेखि उकालो लागेको नेप्से परिसूचकको यात्रा शेयर कारोबार हुने साताको आज अन्तिम दिन पनि कायम रह्यो ।
नेपाल भित्रने पैसाको मात्रामा वृद्धि, शोधनान्तर बचत एक खर्ब ४७ अर्ब ११ करोड  
नेपाल भित्रने पैसाको मात्रामा वृद्धि, शोधनान्तर बचत एक खर्ब ४७ अर्ब ११ करोड   नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरण अनुसार यस अवधिमा शोधनान्तर स्थिति एक खर्ब ४७ अर्ब ११ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब तीन करोडले बचतमा थियो । समीक्षा अवधिमा चालु खाता ९६ अर्ब ३८ करोडले बचतमा छ ।
विदेशी मुद्राको सञ्चिती १६ खर्ब ९६ अर्ब, ११ महिनाको आयात धान्ने 
विदेशी मुद्राको सञ्चिती १६ खर्ब ९६ अर्ब, ११ महिनाको आयात धान्ने  नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार गत कात्तिक मसान्तसम्म विदेशी मुद्राको विनिमय सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ । कूल विदेशी सञ्चिती मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १४ खर्ब ९० अर्ब ८३ करोड बराबर छ ।
हिमाली क्षेत्रमा मूल्य बढ्यो
हिमाली क्षेत्रमा मूल्य बढ्यो हिमाली क्षेत्रमा मूल्यवृद्धिको चाप परेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार उपभोक्ता मुद्रास्फीति हिमाली क्षेत्रमा आठ दशमलव ७९ प्रतिशत बराबर पुगेको छ । केन्द्रीय बैंकका अनुसार कात्तिक महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६ प्रतिशत बराबर छ ।
२८ सय रुपैयाँले बढ्यो सुनको मूल्य
२८ सय रुपैयाँले बढ्यो सुनको मूल्य  कारोबारको पाँचौ दिन आज नेपाली बजारमा आज सुनको मूल्य २ हजार ८ सय रुपैयाँले बढेको छ।बुधबार १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख १८ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
Weather Update