२८ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं— कारोबारको पाँचौ दिन आज नेपाली बजारमा आज सुनको मूल्य २ हजार ८ सय रुपैयाँले बढेको छ।
बुधबार १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख १८ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १८ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ५५ रुपैयाँले बढेर १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८० ११:४८