कुमारी बैंकले शेयरधनीलाई लाभांश नदिने
काठमाडौं— यो वर्ष कुमारी बैंकले शेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको बिहीबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।
बैंकको हाल चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ बराबर छ । बैंकले गत आर्थिक वर्ष १२.५० प्रतिशत नगद लाभांश दिएको थियो ।
अघिल्लो आर्थिक वर्ष ८.५ प्रतिशत बोनस शेयर दिएको थियो । वाणिज्य बैंकहरूमध्ये कुमारीको शेयर मूल्य सबैभन्दा सस्तो हाल प्रतिकित्ता १५६ रुपैयाँ ५० पैसा छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० ११:१३