News Griha :: न्यूजगृह
डलर, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो
डलर, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ।  आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राहरूको मूल्य घटेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ। हिजो हिजो...
अर्थमन्त्रीको दाबी: कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैन, विवादको विषय बनाउन जरुरी छैन
अर्थमन्त्रीको दाबी: कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैन, विवादको विषय बनाउन जरुरी छैन अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई दबाबमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट गरेको बताएका छन्। करका दर हेरफेर भएको विषयमा ध्यानाकर्षण गराउन गएको फलामे छड उत्पादक सङ्घका पदाधिकारीसँग बिहीबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले सरकारले बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिएको बताएका हुन्।
उखुको जुस बेचेर मासिक एक लाखसम्म आम्दानी
उखुको जुस बेचेर मासिक एक लाखसम्म आम्दानी धनगढी उपमहानगरपालिका– ३ की पुजा शर्माले धनगढीको सहिद गेट नजिकै उखु जुसको व्यवसाय गर्दै आएकी छिन्। उनले जुस बिक्री गरेर जीविकोपार्जन गरिरहेकी हुन्। 
शेयर बजारमा परेन बजेटको सकारात्मक प्रभाव, निरन्तर ओरालो
शेयर बजारमा परेन बजेटको सकारात्मक प्रभाव, निरन्तर ओरालो अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक  गरेयता ओरालो लागेको शेयर बजार साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक १९.८९ अंकले घट्दै २०६९.५३ बिन्दुमा रह्यो।
दैनिक ४ सय मेगावाट विद्युत् भारत निर्यात सुरु 
दैनिक ४ सय मेगावाट विद्युत् भारत निर्यात सुरु  खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढेसँगै देशभित्रका जलविद्युत् गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारततर्फ निर्यात सुरु भएको छ।नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार (१४ जेठ राति) देखि भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको हो।
महालेखाको प्रतिवेदनः तीन तहका सरकारको बेरुजु साढे ९५ अर्ब
महालेखाको प्रतिवेदनः तीन तहका सरकारको बेरुजु साढे ९५ अर्ब तीन तहका सरकार र संगठित संस्थाहरुले गरेको आर्थिक कारोबारको लेखापरीक्षण हुँदा ९५ अर्ब ६० करोड रुपैयाँ बेरुजु देखिएको देखिएको छ। महालेखा परीक्षकले संघीय तथा प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थासमेतको लेखापरीक्षण गर्दा यति बेरुजु देखिएको उल्लेख गरेको छ।
फलामको कच्चा पदार्थमा कर हेरफेरः सरकारको अस्थिर नीति, व्यवसायीको दोहोरो चरित्र
फलामको कच्चा पदार्थमा कर हेरफेरः सरकारको अस्थिर नीति, व्यवसायीको दोहोरो चरित्र निर्माण क्षेत्रमा अत्यावश्यक फलामे छड, डण्डी, रेलिङ, जस्तापाताजस्ता सामग्री उत्पादन गर्ने दुईथरी उद्योग छन्। एकथरी उद्योगले स्पन्ज आयात तथा स्क्य्राप (पत्रु फलाम) संकलन गरेर आफै बिलेट बनाउँछन् र त्यसलाई थप प्रशोधन गरी फलामे छड/डण्डी उत्पादन गर्छन्। अर्को थरी, उद्योगले सोझै बिलेट आयात गर्छन् र त्यसबाट फलामे छड तथा डण्डी तयार...
एकै दिन २३ सयले बढ्यो सुनको मूल्य 
एकै दिन २३ सयले बढ्यो सुनको मूल्य  पछिल्ला दिनहरुमा नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ। बुधबारको तुलनामा आज सुनको तोलामा नै २ हजार ३ सयले वृद्धि भएको छ।
बजेटपछि आज के भयो शेयर बजार? 
बजेटपछि आज के भयो शेयर बजार?  मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भए पनि शेयर बजारमा भने सकारात्मक संकेत देखिएन। बजेट भाषणपछिको पहिलो कारोबार दिन बुधबार आज शेयर बजार दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक २३.८१ अंकले घट्दै २०८९.४२ को बिन्दुमा रह्यो। 
धनियाँ बिक्री गरेर वार्षिक ८ लाख आम्दानी
धनियाँ बिक्री गरेर वार्षिक ८ लाख आम्दानी खेतका गराभरी हरियो धनियाँ छ। धनियाँ उखेलेर साना साना मुठा पार्दै गरेको अवस्थामा भेटिए घोराही उपमहानगरपालिका–६ चोरगाउँका अमित चौधरी। उनले दुई कठ्ठा जमिनमा धनियाँखेती गरेका छन् । धनियाँको माग बाह्रैमहिना हुने भएकाले बाह्रैमहिना खेती गर्ने गरेको उनले बताए। 
कैलालीमा चालु आवको १० महिनामा ६ सय ६१ उद्योग दर्ता
कैलालीमा चालु आवको १० महिनामा ६ सय ६१ उद्योग दर्ता कैलालीमा चालु आर्थिक वर्षको १० महिनामा ६ सय ६१ घरेलु तथा साना उद्योग नयाँ दर्ता भएका छन्। एक सय ३० उत्पादनमूलक, दुई सय ९६ कृषि र दुई सय ३५ सेवामूलक गरी छ सय ६१ घरेलु तथा साना उद्योग दर्ता भएका कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीले बताए।
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार? 
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?  बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। 
Weather Update