कर वृद्धिको विरोधमा सुनचाँदी व्यवसायीहरु आन्दोलनमाबुधबार, असार १२, २०८१

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच? बुधबार, असार १२, २०८१ नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। मंगलबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला सात सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अमेरिकी डलर र युरोको मूल्य घट्यो, अस्ट्रेलियन डलर र पाउन्डको बढ्यो बुधबार, असार १२, २०८१ नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, पाउन्ड, अस्ट्रेलियन डलरसहितका केही विदेशी मुद्राको मूल्य भने बढेको छ।

जुम्लाका सबै स्थानीय तहले ल्याए बजेट, कसको कति? मंगलबार, असार ११, २०८१ जुम्लाका आठवटै स्थानीय तहले आर्थिक वर्ष २०८१–८२ का लागि बजेट ल्याएका छन्। ती सबै स्थानीय तहले रैथाने बाली संरक्षणदेखि शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार, खानेपानी र बेरोजगार युवालाई रोजगारलगायतका कार्यक्रम बजेटमा समेटेका छन्।

मकवानपुरका कुन पालिकाले कति ल्याए बजेट? मंगलबार, असार ११, २०८१ मकवानपुरका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि बजेट घटाएर ल्याएका छन्। मकवानपुरका १० मध्ये ९ पालिकाले निर्धारित समय (असार १० गते) भित्रै बजेट ल्याएका छन्। जनप्रतिनिधिबीचको विवादका कारण यहाँको बागमती गाउँपालिकाले बजेट ल्याएको छैन।

आन्तरिक र बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँः अर्थमन्त्री पुन मंगलबार, असार ११, २०८१ अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य ऋणलाई बढीभन्दा बढी उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा खर्च गरिने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले ऋण लिएर अनुत्पादक क्षेत्रमा खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिने बताए।

आज के भयो शेयर बजार? मंगलबार, असार ११, २०८१ शेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढेर दुई हजार ७१ दशमलव ७७ को विन्दुमा कायम भएको हो।

अझै ३१ गाउँपालिकाले ल्याउन सकेनन् बजेट मंगलबार, असार ११, २०८१ हालसम्म ३१ वटा गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याउन असमर्थ भएका छन्। असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा व्यवस्था रहेको छ। तर असार १० गते अर्थात् सोमबारसम्म ४६० मध्ये ४ सय २९ वटा गाउँपालिकाले मात्रै बजेट ल्याउन सकेको गाउँपालिका महासंघले जनाएको छ।

ऋण लिँदा कमिसन मागेको प्रमाण ल्याउनुस् कारबाही गर्छौँः गभर्नर अधिकारी मंगलबार, असार ११, २०८१ नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीले मौद्रिक नीतिको सिमाभन्दा बाहिर गएर काम गर्न नसक्ने बताएका छन्।आज पूर्व मौद्रिक नीतिको छलफलमा बोल्दै गर्भनर अधिकारीले मौद्रिक नीतिको आफ्नै सिमा रहेको बताउँदै उल्लेखित सिमाभित्र रहेर काम गर्नुपर्ने बताए।

संसद्बाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित मंगलबार, असार ११, २०८१ प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ पारित भएको छ। सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतले पारित गरेको हो। सरकारले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो।

छोरीको जन्मदर्ता गर्दा प्रोत्साहनस्वरुप नगद उपहार मंगलबार, असार ११, २०८१ यहाँको जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षदेखि छोरीको जन्मदर्ता गर्दा दुई हजार पाँच सयको मुद्दति खाता उपहार दिने भएको छ।

आज सुनचाँदीको मूल्य कति पुग्यो ? मंगलबार, असार ११, २०८१ मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य स्थिर रहँदै तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ।
![अमेरिकी डलर र दिनारको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/euro-money1679016003.jpg)
अमेरिकी डलर र दिनारको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो [सूचीसहित] मंगलबार, असार ११, २०८१ राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा थियो।