बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार? सोमबार, असार १०, २०८१

७१५ स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै सोमबार, असार १०, २०८१ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ। सोही व्यवस्था अनुसार आइतबार सम्म बजेट नल्याएका सबै स्थानीय...
![युरो र पाउन्डको मूल्य बढ्यो, अस्ट्रेलियन डलर र दिनारको घट्यो [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
युरो र पाउन्डको मूल्य बढ्यो, अस्ट्रेलियन डलर र दिनारको घट्यो [सूचीसहित] सोमबार, असार १०, २०८१ नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो र पाउन्डको मूल्य बढेको छ। त्यसैगरी आज अस्ट्रेलियन डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य भने घटेको छ।

बुटवल उपमहानगरले ल्यायो ३ अर्ब हाराहारीमा बजेट आइतबार, असार ९, २०८१ बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेको छ। आइतबार उपमहानगरकी उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेस्रो बैठकमा २ अर्ब ९९ करोड २२ लाख रुपैंयाँको बजेट सार्वजनिक गरेकी हुन्।

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु आइतबार, असार ९, २०८१ करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ। उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि उत्पादन बन्द गरिएको थियो। उक्त उद्योगबाट अवकाश पाएका कर्मचारीले आफूले पाउने उपदान र औषधि उपचार खर्चको एकमुष्ठ रकम भुक्तानी नगरेको भन्दै कर्मचारीले लामो...

बुद्ध एअरले ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर उडान गर्ने आइतबार, असार ९, २०८१ बुद्ध एअरले ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर उडान गर्ने भएको छ। धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो।

तारकेश्वर नगरपालिकाले तेस्रोलिङ्गीलाई मासिक पाँच हजार प्रोत्साहन भत्ता दिने आइतबार, असार ९, २०८१ काठमाडौंको तारकेश्वर नगरपालिकाले नगरभित्र स्थायीरुपमा बसोबास गर्ने तेस्रोलिङ्गीलाई मासिक पाँच हजार प्रोत्साहन भत्ता दिने भएको छ।

रौतहटको ईशनाथ नगरपालिकाले ल्यायो ५१ करोडको बजेट आइतबार, असार ९, २०८१ शनिबार सम्पन्न नगरसभाले शिक्षा ,खेलकुद, स्वास्थ्य, कृषि, रोजगारी, लघुउद्यम, पशु सेवा, महिला, बालबालिका, अपांग, दलित, पिछडिएको क्षेत्र तथा संस्थागत विकासलाई लक्षित गरेर बजेट विनियोजन गरिएको ईशनाथका प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र कुमार झाले बताए।

साताको पहिलो कारोबार दिन तोलामा २७ सयले सस्तियो सुन आइतबार, असार ९, २०८१ साताको पहिलो कारोबार दिन आज सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ। आज प्रतितोला छापावाला सुन १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आइतबार अमेरिकी डलर, युरो र पाउन्डको मूल्य स्थिर आइतबार, असार ९, २०८१ आज अमेरिकी डलर, युरो, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ। अर्थात् शनिबार भएकै कारोबार मूल्यमा आज पनि धेरैजसो विदेशी मुद्राको कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।
वीरगञ्ज महानगरले ल्यायो २ अर्ब ८९ करोडको बजेट शनिबार, असार ८, २०८१ शनिबार आयोजित वीरगञ्ज महानगरपालिकाको नगरसभाको १५औं अधिवेशनमा उपमेयर इम्तियाज आलमले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँ बराबरको अनुमानित आयव्यय सहितको बजेट सार्वजनिक गरेका हुन्।

मोबाइल आयात बढ्यो, रोकिएन भन्सार छली शनिबार, असार ८, २०८१ भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष आर्थिक वर्ष २०७९/८० को ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८/८१ को सोही अवधिसम्ममा २ लाख ८२ हजार थान बढी मोबाइल आयात भएको हो। गत वर्षको साउनदेखि जेठसम्ममा नेपालमा १४ लाख २७ हजार थान मोबाइल भित्रिएको थियो।
![शनिबार सबैजसो विदेशी मुद्राको मूल्य घट्यो [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/euro-money1679016003.jpg)
शनिबार सबैजसो विदेशी मुद्राको मूल्य घट्यो [सूचीसहित] शनिबार, असार ८, २०८१ नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ।