घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?सोमबार, असोज १४, २०८१
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर सोमबार, असोज १४, २०८१ युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ १८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८५ पैसा कायम गरिएको छ। यूके पाउण्ड स्टर्लिङ एकको खरिददर १७८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा कायम गरिएको छ।
प्राकृतिक विपद्: ऊर्जा तर्फ दुई अर्ब ४५ करोडको क्षति आइतबार, असोज १३, २०८१ यस्तै, सिँचाइतर्फ एक अर्ब ३५ करोड बराबरको क्षति पुगेको छ। सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कफर ड्याम डुबानमा परेको छ। रामेछाप र सिन्धुली जोड्ने पक्की पुल बगाएकाले क्षतिको तत्काल अनुमान गर्न गाह्रो भएको जनाइएको छ। कमला, नारायणी सिँचाइ आयोजनालगायतमा क्षति पुगेको छ। सुनसरी मोरङ सिँचाइ आयोजनाका १० वटा शाखा नहरमा...
बाढीपहिरोले महँगियो तरकारी आइतबार, असोज १३, २०८१ काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोले कालीमाटीमा तरकारी महँगिएको छ।पहिरोले राजमार्ग अवरुद्ध हुँदा कालीमाटीमा तरकारीको आपूर्ति हुन सकेको छैन। साथै मौज्दात तरकारीमा समेत क्षति पुगेपछि कालीमाटीमा आइतबार अधिकांश तरकारी महँगिएको छ।
सुकिला नोटको वितरण आजदेखि आइतबार, असोज १३, २०८१ आजदेखि सटही हुने नोट भने कम्तीमा एकपटक बजारमा पुगेर फर्किसकेको हुनेछ । प्रवक्ता पौडेल अनुसार देख्दा यी नोटहरू पनि नयाँ हुने बताउँछन् । सामान्यतया एकपटक प्रयोग भएर आएको पैसालाई सटही गर्ने उनको भनाइ छ । प्रयोग भइसकेकोले सामान्यतया नोटको नम्बरमा क्रम पनि मिल्दैनन् ।
साउन र भदौमा २ खर्बको आयात, २५ अर्बको मात्रै निर्यात शुक्रबार, असोज ११, २०८१ चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात भएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार ६ अर्ब ७० करोड ८१ लाख ५८ हजार बराबरको चार लाख ५४ हजार नौ सय ५८ थान स्मार्टफोन आयात भएको हो। यस अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ।
लगातार बढ्दै सुनको मूल्य, तोलाको १ लाख ६१ हजार नाघ्यो शुक्रबार, असोज ११, २०८१ आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ? शुक्रबार, असोज ११, २०८१ पाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
नेप्सेमा ३२ अङ्कको गिरावट, ४ अर्ब ८४ करोडको कारोबार बिहीबार, असोज १०, २०८१ नेप्सेमा आज ३२ अङ्कको गिरावट आएको छ। बिहीबार नेप्से ३२.८१ अङ्कले घटेर २४८६.७६ विन्दुमा रोकिएको हो।
दुई महिनामा २ करोड ९९ लाख रुपैयाँको प्याज आयात बिहीबार, असोज १०, २०८१ चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै २ करोड ९९ लाख ५६ हजार रुपैयाँको प्याज आयात गरिएको छ।
विदेशी मुद्रा सञ्चिति २१ खर्ब नजिक बिहीबार, असोज १०, २०८१ नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउन २०८१ सम्म २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर विदेशी विनियम सञ्चिति पुगेको हो। असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब रुपैयाँ थियो।
एकै महिनामै भित्रियो एक खर्ब ३६ अर्ब रेमिटेन्स, बाहिरियो ३५ करोड बिहीबार, असोज १०, २०८१ चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना (साउन) मा एक खर्ब ३६ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। पछिल्लो २० महिनादेखि निरन्तर रूपमा मासिक एक खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८०–८१ को पहिलो महिनामा एक खर्ब १६ अर्ब रेमिटेन्स भित्रिएको थियो।
सुनको मूल्यमा कीर्तिमान, कति पुग्यो तोलाको? बिहीबार, असोज १०, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो। तोलामा तीन सयले वृद्धि भएपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो।