काठमाडौं— आइतबार शेयर बजारमा ११ अर्ब ७२ करोडको कारोबार भएको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा १३.५ प्रतिशत बढी हो। अघिल्लो दिन १० अर्ब ३२ करोडको भएको थियो।
बजारको परिसूचक नेप्से ४.९८ अंक बढ्यो। सो अंकको वृद्धिसँगै नेप्से २७५३ अंकमा कायम भएको छ। १४५ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ६ को स्थिर रह्यो। यस दिन होटल तथा पर्यटन सेक्टरका कम्पनीमा लगानीकर्ताको आकर्षण देखियो। सो सेक्टर सबैभन्दा धेरै २.२१ प्रतिशत बढ्यो।
त्यस्तै विकास बैंक ०.६२, हाइड्रोपावर ०.८५, जीवन बीमा ०.२१, लगानी ०.१७, माइक्रोफाइनान्स १.२८, अन्य ०.११ र व्यापार ०.२४ प्रतिशत बढे। उत्पादन १.१३ प्रतिशत घट्यो। निर्जीवन बीमा ०.६९, फाइनान्स १.६३ र बैंकिङ ०.२१ प्रतिशत घटे।
उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त, अपरहेवाखोलाको मूल्य १० प्रतिशत बढ्यो। माण्डु हाइड्रोपावरको ९.७१, बाराही हाइड्रोपावरको ९.२९, जनउत्थान लघुवित्तको ८.९६, भगवती हाइड्रोपावरको ८.४३ तथा ङादी ग्रुप पावरको ८.३५ प्रतिशत मूल्य बढ्यो। नारायणी डेभलपमेन्ट बैंक र जानाकी फाइनान्सको ७.८ प्रतिशत बढ्यो।
समृद्धि फाइनान्स र गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । मकर जितुमाया सुरीको ८ र बेस्ट फाइनान्सको ५ प्रतिशत मूल्य घट्यो। कारोबार रकमका आधारमा ङादी ग्रुप, समृद्धि फाइनान्स, जानाकी फाइनान्स, सिंगटी हाइड्रो र नेपाल फाइनान्स क्रमशः अगाडि रहे।