आजको विनिमयदर: अमेरिकी डलर घट्दा युरोको मूल्य बढ्यो बिहीबार, असोज १०, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सटही दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ भने युरोको मूल्य बढेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १८ पैसा रहेको थियो।
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि बुधबार, असोज ९, २०८१ चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज भन्सारमा चारपाङ्ग्रे सवारीको आयात घटेको छ। चालु आवको भदौ मसान्तसम्ममा यस नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्य पर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ।
नेप्सेमा ४९ अङ्कको वृद्धि, ४ अर्ब ८१ करोडको कारोबार बुधबार, असोज ९, २०८१ सो अंकको वृद्धिपछि नेप्से २५१९ अंकमा कायम भएको छ। बजार बढ्दा कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ५ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८१ करोडमै खुम्चियो।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण बुधबार, असोज ९, २०८१ आर्थिक वर्ष ०८१–८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ। यो आर्थिक वर्ष २०८०–८१ का लागि एडीबीको अनुमानित प्रक्षेपण ३.९ प्रतिशतभन्दा बढी हो। एडीबीको पछिल्लो प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकले यस्तो देखाएको हो।
यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर मंगलबार, असोज ८, २०८१ युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ३५ पैसा र बिक्री दर १४९ रुपैयाँ २ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७७ रुपैयाँ ५९ पैसा र बिक्री दर १७८ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५७ रुपैयाँ ०३ पैसा र बिक्री दर १५७ रुपैयाँ ७४ पैसा कायम...
५९ अंकले घट्यो नेप्से, परिसूचक २५२९ बिन्दुमा सोमबार, असोज ७, २०८१ घटेको बजारमा कारोबार रकम पनि कम भएको छ। आज कुल ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम सोमबार, असोज ७, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज मूल्य थप बढेर १ लाख ५९ हजार २०० रुपैयाँ हुँदै नयाँ कीर्तिमान कायम भएको हो।
दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार भने घट्यो आइतबार, असोज ६, २०८१ आइतबार बैंकिङ समूहको उच्च वृद्धिले शेयर बजार दोहोरो अंकमा बढेको छ।यसदिन नेप्से परिसूचक ११.५८ अंक बढेको छ। सो अंकको वृद्धिपछि नेप्से २५८८ मा कायम भएको छ। बजार बढ्दा कारोबार रकम केही खुम्चिएको छ। अघिल्लो दिन ५ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९ करोडमा खुम्चियो।
सुदूरपश्चिमको बजेट बहुमतले पारित आइतबार, असोज ६, २०८१ आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गत भदौ ३१ गते प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेस गरेका थिए।
सुनको मूल्य अहिलेसम्मकै उच्च, पुग्यो तोलामा १ लाख ५८ हजार ८ सय रुपैयाँ आइतबार, असोज ६, २०८१ नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा १७ सयले बढेपछि आज प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।
यस्तो छ आजको विनिमय दर आइतबार, असोज ६, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ०१ पैसा कायम भएको छ ।
वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व शनिबार, असोज ५, २०८१ वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ। भन्सार विभागले भदौसम्म ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ।