News Griha :: न्यूजगृह
एकैदिन दुई हजार चार सय रुपैयाँ घट्यो सुनको भाउ 

काठमाडौं— नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार चार सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १२:०७
Weather Update