वर्ल्डलिंकले बुझायो दुई अर्ब १५ करोड कर
काठमाडौं— वर्ल्डलिंक कम्युनिकेसनले दुई अर्ब १५ करोड रूपैयाँ कर बुझाएको छ। कर विवादमा परेको मुद्दमा सर्वोच्च अदालतले कर तिर्नुपर्ने फैसला गरिदिएपछि वर्ल्डलिंकले कर तिरेको हो।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार वर्ल्डलिंकले शुक्रबार दूरसञ्चार रोयल्टी र ग्रामीण दूरसञ्चार कोष (आरटीडीएफ) बापत बक्यौता रहेको दुई अर्ब १५ करोड रूपैयाँ एकमुस्ट बुझाएको हो।
आर्थिक वर्ष ०६९/७० देखि ०७९/८० सम्मको रोयल्टी र आरटिडिएफ तथा त्यसमा थपिँदै आएको ब्याज र जरिवानासहितको रकम कम्पनीले बुझाएको हो।
वर्ल्डलिंकले सबै बक्यौता तिरेकोले अब सामान आयत, भेण्डरलाई दिनुपर्ने रकम भुक्तानीको लागि विदेशी मुद्राको सटही सुविधा पाउनेछ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१ १८:२९