News Griha :: न्यूजगृह
डिजेल र मट्टितेलको मूल्‍य बढ्यो

काठमाडौं— नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ। शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो।

योसँगै काठमाडौं र पोखरामा यसको मूल्य १५३ रुपैयाँ पर्नेछ। दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ पर्नेछ। यो मूल्य शनिबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुनेछ। 

पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ भएको छैन।


 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  २०:४१
Weather Update