सुनको भन्सार दर २० बाट १० प्रतिशतमा झारियोआइतबार, मंसिर ९, २०८१

साताको पहिलो दिन नेप्से परिसूचक १३.०३ अंकले घट्यो आइतबार, मंसिर ९, २०८१ साताको पहिलो दिन आइतबार शेयर बजार २६६७ अंकमा झरेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १३.०३ अंक घटेको हो। कारोबार रकम पनि घटेको छ।

सुनको भाउ बढ्ने क्रम जारी, आइतबार प्रतितोला १७ सय रुपैयाँ वृद्धि आइतबार, मंसिर ९, २०८१ नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार पाँच रुपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार सात रुपैयाँ बढेको हो।

धितोपत्र बोर्ड अध्यक्षका लागि अन्तर्वार्ता सुरु, दुई जना उपस्थित आइतबार, मंसिर ९, २०८१ दुई उम्मेदवार बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की उपस्थित भएका छन् । अर्का उम्मेदवार बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं भने अनुपस्थित रहेको स्रोतले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर आइतबार, मंसिर ९, २०८१ राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

चार महिनामा साढे चार खर्ब व्यापार घाटा शनिबार, मंसिर ८, २०८१ चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको विवरणअनुसार यस अवधिमा रू पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख बराबरको आयात र रू ५२ अर्ब ६७ करोड बराबरको निर्यात...

अमेरिकी डलरको भाउ घट्यो, यस्तो छ आजको विनिमयदर शनिबार, मंसिर ८, २०८१ नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबारको तुलनामा आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानडियन डलर, चिनियाँ युआन लगायतको मूल्य घटेको छ।

एकैदिन प्रतितोला १५ सय रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार? शुक्रबार, मंसिर ७, २०८१ नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार पाँच सय रुपैयाँ बढेको हो।

अमेरिकी डलर उच्चविन्दुमा शुक्रबार, मंसिर ७, २०८१ नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्चविन्दुमा पुगेको छ। अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ५० पैसा निर्धारण भएको छ।

नेपालमा अब ओमानी रियाल पनि खरिदबिक्री हुने शुक्रबार, मंसिर ७, २०८१ नेपालमा अब ओमानको मुद्रा खरिदबिक्री हुने जनाएको छ। केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको छ।

नेपाल एअरलाइन्सले घटायो हवाई भाडा बिहीबार, मंसिर ६, २०८१ नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले अन्तर्राष्ट्रिय सेक्टरको भाडादरमा छुट दिन थालेको छ। निगमले न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिन थालेको हो।

राजश्व संकलनमा करिब १७ प्रतशितले वृद्धि बिहीबार, मंसिर ६, २०८१ अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बिहीबार बसेको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार गत वर्ष यही अवधिमा रु दुई खर्ब ७६ अर्ब राजस्व संकलन भएको थियो। चालु आर्थिक वर्षको चार महिनामा रु तीन खर्ब २३ अर्ब २४ करोड राजस्व संकलन भएको छ।

साताको अन्तिम कारोबार दिन शेयर बजारका सबै सूचक घटे बिहीबार, मंसिर ६, २०८१ त्यस्तै कारोबार रकम सामान्य बढेको छ। अघिल्लो दिन ७ अर्ब ९ करोडको कारोबार भएकोमा आज ८ अर्ब २५ करोडको भयो। कुल ४३ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ४ को स्थिर रह्यो।