News Griha :: न्यूजगृह
अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने
अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने अर्थ मन्त्रालयमा आइतबार बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले थप पुँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक तथा औद्योगिक वातावरण सहज बनाउन केन्द्रित हुने बताएका हुन्। उनले राजस्व सङ्कलन र पुँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन निर्देशन दिए। 
सुन तोलाको १ लाख ६५ हजार
सुन तोलाको १ लाख ६५ हजार अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ ।
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु, झण्डै डेढ करोड राजस्व आम्दानी
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु, झण्डै डेढ करोड राजस्व आम्दानी मुलुकको एकमात्र ढोरपाटन सिकार आरक्षमा नाउर, झारल र बँदेलको सिकार गर्नका लागि पहिलो याम सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि १२ नाउर, आठ झारल र ११ बँदेलको सिकारका लागि अनुमति दिएको हो । 
हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द
हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द हेटौँडा हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतसम्भार गर्नुपर्ने जनाउँदै तीन हप्ताका उत्पादन बन्द गरेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ ।
सेवा रेमिटको लाइसेन्स खारेज, कम्पनीसँग लेनदेन भए दाबी गर्न ३५ दिने म्याद
सेवा रेमिटको लाइसेन्स खारेज, कम्पनीसँग लेनदेन भए दाबी गर्न ३५ दिने म्याद खारेज हुने उक्त रेमिट्यान्स कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको मितिभित्र दाबी गरेमा बैंक जमानतले खामेसम्मको रकममात्र हिसाब मिलान हुने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ।
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ हजार बढ्यो
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ हजार बढ्यो अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रहेपछि त्यसको प्रभाव नेपाली बजारमा परेको हो।
नाङ्लो बुनेर लोभलाग्दो आम्दानी
नाङ्लो बुनेर लोभलाग्दो आम्दानी सुनसरीको इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीमा होम्ताङबाट आएका राई जातिको बाहुल्य छ। यहाँ सबैको आम्दानीको स्रोत नै नाङ्लो बुन्ने र बेच्ने भएको छ। व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका राई परिवारले लोभलाग्दो आर्जन पनि गरिरहेका छन्।
शेयर बजार २७४५ अंकमा
शेयर बजार २७४५ अंकमा अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २.४७ अंक बढेसँगै २७४५ मा कायम भएको छ । अघिल्लो दिन ५ अर्ब ६६ करोड कारोबार भएकोमा यस दिन ७ अर्ब १९ करोडको भयो । ८९ कम्पनीको मूल्य बढ्दा १४२ को घट्यो भने १३ को स्थिर रह्यो ।
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नै पर्ने
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नै पर्ने समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ दिनको ‘अल्टिमेटम’ दिएको छ ।
भारतबाट आयात भएको न्यून गुणस्तरको ८५ हजार किलो चामल उतै फिर्ता
भारतबाट आयात भएको न्यून गुणस्तरको ८५ हजार किलो चामल उतै फिर्ता भारतबाट आयात गरिएको ८५ हजार किलो चामल गुणस्तरहीन पाइएपछि भन्सार नाकाबाटै फिर्ता पठाइएको छ । नेपालगन्जका व्यापारीले व्यावसायिक प्रयोजनका लागि भारतबाट मगाएको ८५ हजार किलो चामल मापदण्डअनुसार नभएकाले उतै फिर्ता पठाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
यस वर्ष पनि राजस्व सङ्कलन निराशाजनक, खर्चले उछिन्यो आम्दानी
यस वर्ष पनि राजस्व सङ्कलन निराशाजनक, खर्चले उछिन्यो आम्दानी महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्म २ खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ मात्र राजस्व उठेको छ । यो लक्ष्यको १७.४९ प्रतिशत हो । यस वर्ष सरकारले १४ खर्ब १९ अर्ब रुपैयाँ बराबर राजस्व संकलनको लक्ष्य राखेको छ ।
Weather Update