सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं — नेपाली बजारमा बिहीबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला एक हजार छ सय र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको हो।
हिजो सुन प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला एक हजार छ सयले बढेर एक लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यस्तै, हिजो चाँदी प्रतितोला एक हजार आठ सयमा कारोबार भएकोमा आज प्रतितोला ४५ रुपैयाँले बढेर एक हजार आठ सय ४५ कायम भएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१ १२:१५