२७५६ विन्दुमा नेप्से, ८ कम्पनीमा सकारात्मक सर्किटबुधबार, मंसिर १२, २०८१

एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान बुधबार, मंसिर १२, २०८१ मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गरिने उक्त प्रसारण लाइनका लागि गतवर्ष आह्वान भएका सबै बोलपत्र रद्द गरिएको थियो। एमसीए–नेपालले २०८० असोज २६ गते एक सूचना जारी गर्दै विद्युत् प्रसारणलाइन निर्माणसँग सम्बन्धित सबै ठेक्का रद्द भएको जनाएको थियो।

दुई दिनमा साढे १८ हजार रुपैयाँ घटेको सुनको मूल्य बुधबार बढ्यो, कतिमा हुँदैछ किनबेच? बुधबार, मंसिर १२, २०८१ नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ। सोमबार र मंगलबार गरी प्रतितोला १८ हजार पाँच सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला नौ सय रुपैयाँ बढेको हो।

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर बुधबार, मंसिर १२, २०८१ नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार मङ्गलबारको तुलनामा अमेरिकी डलर, युरो, पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको विनिमय दर बढेको छ भने अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ बढेको छ।

२७ करोडभन्दा बढी कर छलेको वरुण बेभरेजलाई लाग्यो ७ करोड जरिवाना मंगलबार, मंसिर ११, २०८१ वरुण बेभरेजले झुटा तथा नक्कली बिजक बनाएर २७ करोडभन्दा बढी राजस्व चुहावट गरेको ठहर गर्दै चुहावटको रकम असुलसहित थप ७ करोड रुपैयाँ जरिवाना हुने फैसला अदालतले गरेको हो। अदालतले २७ करोड १३ लाख ४१ हजार १०१ रुपैयाँ राजस्व वरुण बेभरेजले चुहावट गरेको ठहर्याएको छ।

नियमन आयोगको प्राधिकरणलाई निर्देशन– मन्त्रिपरिषद् निर्णय अनुसार विद्युत् बक्यौता उठाऊ, लाइन नकाट मंगलबार, मंसिर ११, २०८१ विद्युत् नियमन आयोगले डेडिकेटेड एवम् ट्रंक लाइन विवादमा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुरूप बक्यौता असुली गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ।

नेप्से परिसूचक ३३.४१ अंकले बढ्यो मंगलबार, मंसिर ११, २०८१ नेपाल धितोपत्र बोर्डले नेतृत्व पाएसँगै शेयर बजारले सकारात्मक प्रतिक्रिया जनाएको छ।मंगलबार शेयर बजारले २७ सय अंक पार गरेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३३.४१ अंक बढेको हो।

१३ बैंकिङ संस्थाको खराब कर्जा उच्च, एउटैको ३५ प्रतिशतसम्म मंगलबार, मंसिर ११, २०८१ पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा बढ्दै गइरहेको छ। एक वर्षदेखि किस्ता तिर्ने भाका नाघेको कर्जालाई खराब कर्जाको रूपमा जनाइन्छ।१३ बैंकिङ संस्थाका यस्तो खराब कर्जा ७ प्रतिशतदेखि ३४.८१ प्रतिशतसम्म पुगेको छ। खराब कर्जा उच्च दरमा हुनेमा विकास बैंक र वित्त कम्पनीहरू छन्।

तोलामा २६०० रुपैयाँ घट्यो सुन मंगलबार, मंसिर ११, २०८१ अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुन मंगलबार फेरि २ हजार ६ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ तोकेको छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर मंगलबार, मंसिर ११, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त सोमबार, मंसिर १०, २०८१ नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो सोमबार, मंसिर १०, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सोमबार, मंसिर १०, २०८१ त्यस्तै, युके पाउण्ड स्टर्लिङ, क्यानडियन डलर, साउदी अरेबियन रियाल, साउथ कोरियन वन, स्वीडिस क्रोनर लगायतको भने मूल्य बढेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा कायम भएको छ।