सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
काठमाडौं — नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो।
‘सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सोअनुसार सोमबारदेखि मूल्य समायोजन गरिएको हो,’ महासंघका अध्यक्ष अर्जुन रसायलीले भने।
सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सो दरको प्रभाव सोमबार नै परेको हो।
यो पनि पढ्नुहोस
सुनको भन्सार दर २० बाट १० प्रतिशतमा झारियो
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१ १०:५१