एकैदिन प्रतितोला एक हजार रूपैयाँ बढ्यो सुनको भाउ
काठमाडौं— नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। आइतबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ।
आइतबार प्रतितोला एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय २० रुपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१ १२:१३