रौतहटबाट हतियारसहित २ जना पक्राउ शनिबार, कात्तिक १०, २०८१
२७ हजार नाघे डेङ्गु सङ्क्रमित, उपत्यकामा मात्रै करिब ६ हजार बिरामी शनिबार, कात्तिक १०, २०८१ देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या २७ हजारभन्दा बढी नाघेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को पछिल्लो विवरणअनुसार हाल देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या २७ हजार १५३ जना पुगेको हो।
दलहरुको विरोध प्रदर्शनले काठमाडौंको यातायात प्रभावित शनिबार, कात्तिक १०, २०८१ प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभा गृह अगाडिको सडकमा मञ्च बनाएका कारण सो बाटोमा सवारी निषेध गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले जानकारी दिए।
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जंगली याक शनिबार, कात्तिक १०, २०८१ शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जंगली याक फेला परेको छ। सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जंगली याक भेटिएको हालै खुलासा गरिएको हो। वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सो जंगली याकको ‘फोटो फ्रेम’ अनावरण गरेको छ।
इजरायलले इरानमा गर्यो आक्रमण शनिबार, कात्तिक १०, २०८१ इजरायलले इरानमा समेत आक्रमण गरेको छ। गाजामा प्यालेस्टाइन, लेबनानमा हिजबुल्लाह र यमनमा हुथी लक्षित आक्रमण गर्दै आएको इजरायलले शनिबार इरानको राजधानी तेहरानमा समेत आक्रमण गरेको हो।
वर्षाले १५ करोड बराबरको फूलखेतीमा नोक्सान, तिहारमा मालाको भाउ बढ्न सक्ने शनिबार, कात्तिक १०, २०८१ त असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण पुष्पखेतीमा समेत क्षति पुगेको छ। यसबाट सयपत्री फूलको मूल्य बढ्ने भएको छ। फुल्न थालिसकेको फूल वर्षाकै कारण नोक्सान भएपछि तिहारमा भारतबाट १५ लाख माला आयात गर्ने तयारी रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेले जानकारी दिए।
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै शनिबार, कात्तिक १०, २०८१ बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको कार्यदिशा र आन्दोलनको स्वरूप छलफल हुने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाको नियमित गतिविधि ठप्प भएको थियो।
जीप दुर्घटनामा दुई जनाको मृत्यु शनिबार, कात्तिक १०, २०८१ दाङको तुलसीपुरमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ८२२ नम्बरको डबल क्याप बोलेरो जीप तुलसीपुर उपमहानगरपालिका ३ साततेलमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै शनिबार, कात्तिक १०, २०८१ नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा सरकारविरुद्ध खबरदारी सभा गर्दैछ। सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ।
सगरमाथा क्षेत्रमा एक महिनामै पुगे ९ हजार पर्यटक शनिबार, कात्तिक १०, २०८१ जसबाट निकुञ्जले दुई करोड तीन लाख ४८ हजार पाँच सय ५३ राजस्व सङ्कलन गरेको निकुञ्जका कर्मचारी विवेक श्रेष्ठले जानकारी दिए। उनका अनुसार निकुञ्जले प्रतिपर्यटक नेपाली रु एक सय, सार्क मुलुक रु एक हजार पाँच सय र अन्य मुलुक रु तीन हजार प्रवेश शुल्क लिने गरेको छ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी अधिकृतले २० लाख रुपैयाँ घुस लिएको आरोप, छानविन गर्न समिति गठन शुक्रबार, कात्तिक ९, २०८१ डेर्नमाकको अवैतानिक श्रम दूत बनाइदिने भन्दै एक ब्यक्तिसँग २० लाख रुपैयाँ लिएको रसिद सहितको उजुरी परेपछि श्रम मन्त्रालयले उनलाई छानविनको लागि मन्त्रालय तानेको हो। मन्त्रालयले उनीमाथि छानविन गर्न कानुन उपसचिव शारदा राउतको संयोजकत्वमा छानविन समिति गठन गरेको छ।
सूर्यदर्शन सहकारी ठगी प्रकरण : जीबी राईका साझेदार रामबहादुर खनाल पक्राउ शुक्रबार, कात्तिक ९, २०८१ तनहुँको बगालेफाँटका ४८ वर्षीय खनाललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो। नेचर हर्ब्स इनटरनेशनलका सञ्चालक खनाल जीबी राई सञ्चालक रहेको गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका पनि शेयरधनी हुन्।
बालुवाटार छलफलपछि सत्तारूढ दलहरूले निकाले ७ बुँदे वक्तव्य शुक्रबार, कात्तिक ९, २०८१ सत्तारूढ सात दलले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेर सात बुँदे वक्तव्य जारी गरेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले संयुक्त वक्तव्य जारी गरेका हुन्।