News Griha :: न्यूजगृह
धादिङको कृष्णभीरमा ग्यास बुलेट दुर्घटनाः चालक र सहचालकको अवस्था अज्ञात
धादिङको कृष्णभीरमा ग्यास बुलेट दुर्घटनाः चालक र सहचालकको अवस्था अज्ञात धादिङ प्रहरीका अनुसार चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय ग्यास बुलेट पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आइतबार बिहान दुर्घटनामा पर्दा चालक र सहचालक बेपत्ता भएका हुन्।
गिजर र हिटरको प्रयोगमा सावधानी नअपनाउँदा जानसक्छ ज्यान !
गिजर र हिटरको प्रयोगमा सावधानी नअपनाउँदा जानसक्छ ज्यान ! काठमाडौंकि एक २३ वर्षीय युवती ग्यास गिजरको प्रयोग गरेर बाथरुममा नुहाउँदै थिइन्। बाथरुम छिरेको दुई घण्टासम्म पनि बाहिर ननिस्किएपछि दिदीले ढोका फोडेर हेर्दा उनी बेहोसी अवस्थामा भेटिइन्। उनलाई तुरुन्त महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइयो। 
रवि लामिछानेको मानवअधिकार हनन भएको भन्दै रास्वपाले दियो उजुरी
रवि लामिछानेको मानवअधिकार हनन भएको भन्दै रास्वपाले दियो उजुरी कात्तिक २ मा प्रहरीले पक्राउ गरेदेखि नै विभिन्न किसिमले मानसिक यातना दिने कार्य भएको उजुरीमा उल्लेख छ। राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भनी आयोगलाई ध्यानाकर्षण गराइएको छ।
सिरियाली विद्रोहीको दाबी : राष्ट्रपति असदले देश छाडेर भागे
सिरियाली विद्रोहीको दाबी : राष्ट्रपति असदले देश छाडेर भागे सिरियाली विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेपछि राष्ट्रपति बसर अल असदले देश छाडेर भागेको दाबी गरेका छन्। दमास्कस आफ्नो कब्जामा आएपछि विद्रोही समूह हयात तहरीर अल सामले राष्ट्रपति असदले देश छाडेर भागेको दाबी गरेको हो।
धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह
धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह सो क्षेत्र नजिकैका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए।
घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच? नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ घटेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार छ रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो।
म्याद थपका लागि रविलाई अदालतमा उपस्थित गराइयो
म्याद थपका लागि रविलाई अदालतमा उपस्थित गराइयो सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई १३ दिन म्याद थपको माग गर्दै प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ।उनी माथिको अनुसन्धान अझै नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले आज म्याद थपका लागि पुन: अदालत उपस्थित गराएको हो।
रारामा देखिए कालो चितुवा र लोखर्के
रारामा देखिए कालो चितुवा र लोखर्के रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पहिलोपटक कालो चितुवा र लोखर्के भेटिएका छन्।स्तनधारी वन्यजन्तुको अध्ययन गर्न त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले जडान गरेका क्यामरामा कालो चितुवा र लोखर्के निकुञ्ज क्षेत्रमा आएका तस्बिर फेला परेका हुन्।
अस्पतालका कर्मचारी झ्यालमा डोरीले बाँधेको अवस्थामा मृत भेटिए
अस्पतालका कर्मचारी झ्यालमा डोरीले बाँधेको अवस्थामा मृत भेटिए मृत फेला पर्नेमा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत अन्दाजी ४५ वर्षीय सुधीर कुमार झा रहेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
लमजुङ कारागारमा कैदी र थुनुवाबीच झडप
लमजुङ कारागारमा कैदी र थुनुवाबीच झडप बेंसीसहरस्थित जिल्ला कारागारका कैदी–थुनुवाबीच झडप भएको छ। प्रहरीका अनुसार शनिबार राति ७ बजेतिर कैदी–थुनुवाको दुई पक्षबीच झडप भएको हो।चौकीदार र झडपमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए। 
बगैँचाबाटै सुन्तला बिक्री भएपछि किसान उत्साहित
बगैँचाबाटै सुन्तला बिक्री भएपछि किसान उत्साहित धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आएको एक हप्ता भयो। उनले ९ सुन्तला किसानका साथ सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ पठाइरहेका छन्। अहिले तामाङजस्ता सुन्तला व्यापारी सिगानाका सुन्तला किसानका घरघरमा पुगेका छन्।
एक करोड बढीको सुन, चाँदी र नगदसहित कैलालीबाट ३ जना पक्राउ
एक करोड बढीको सुन, चाँदी र नगदसहित कैलालीबाट ३ जना पक्राउ कैलालीबाट प्रहरीले एक करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित तीन जनालाई पक्राउ गरेको छ। भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा  इलाकाबाट शनिबार साँझ एक करोड बराबरको सामानसहित सशस्त्र प्रहरीको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो।
Weather Update