झापामा ३७ वर्षीय पुरूषको हत्या, तीन जना पक्राउ आइतबार, कात्तिक ११, २०८१
कात्तिक २३ देखि राति त्रिभुवन विमानस्थल बन्द, अतिरिक्त भत्ता दिएर कर्मचारी खटाइने आइतबार, कात्तिक ११, २०८१ काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ देखि चैत १८ सम्म रातको समयमा बन्द गरिँदैछ।
काठमाडौंको रानीवनबाट पेस्तोलसहित युवक पक्राउ आइतबार, कात्तिक ११, २०८१ काठमाडौंबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन्। नागार्जुन नगरपालिका–१६ रानीवनस्थित नमुनाटोलबाट शनिबार राति ती युवकलाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो।
नेपालमा पहिलोपटक एआई सम्मेलन आइतबार, कात्तिक ११, २०८१ नेकपा एमाले निकट राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसिएल इन्टेलिजेन्स’ एआई सम्मेलन सुरु भएको छ। आइतबारदेखि सुरु भएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए।
माओवादीले धम्क्याएर खानबाहेक अरू जानेको छैन : ओली आइतबार, कात्तिक ११, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन्। हिजो खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूहरूले हतियार बिसाएको तर चलाउन नबिर्सेको भन्दै सरकारको नेतृत्व गर्ने दलहरूलाई चेतावनी दिएका थिए।
भारतीय फूलमाला आयात रोक्न सरकारसँग माग आइतबार, कात्तिक ११, २०८१ तिहारमा बढी माग हुने फूलमाला भारतबाट आउँदा नेपाली किसानहरूले आफूले उत्पादन गरेका फूलमालाले बजार भाउ नपाउने गुनासो गर्दै आएका छन्।
एकताबद्ध भएर अघि बढ्न एनआरएनलाई प्रधानमन्त्री ओलीको आग्रह आइतबार, कात्तिक ११, २०८१ गैरआवासीय नेपाल संघ (एआरएन) द्वारा आइतबार आयोजित गैरआवासीय नेपाली दिवस र वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताएका हुन्।
रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आइतबार, कात्तिक ११, २०८१ रास्वपा सभापति लामिछानेलाई सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ। उनीमाथि कास्की प्रहरीले सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगी आरोपमा अनुसन्धान गरिरहेको छ।
उसुको थाउलो विश्वकपमा विजयलाई कांस्य पदक आइतबार, कात्तिक ११, २०८१ उनले आइतबार बिहान सम्पन्न प्रतिस्पर्धामा ९ दशमलब ६३६ अंक प्राप्त गर्दै कांस्य पदक जितेका हुन्। सो स्पर्धामा मलेसियाका वेन सन वङले स्वर्ण तथा जापानका मोटो योसीले रजत पदक जिते।
सुन तोलामा १४०० बढ्यो, मूल्य हालसम्मकै उच्च आइतबार, कात्तिक ११, २०८१ सुनको यो मूल्य हालसम्मकै उच्च हो। त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ। अघिल्लो दिन २०७० रुपैयाँ रहेको चाँदी यस दिन २०८५ रुपैयाँ पुगेको छ।
तरकारीको मूल्यवृद्धि नियन्त्रणका लागि आज व्यवसायीसँग छलफल गर्दै सरकार आइतबार, कात्तिक ११, २०८१ तरकारी तथा फलफूलको मूल्य वृद्धि नियन्त्रणका लागि आज वाणिज्य तथा आपूर्ति मन्त्रालय र उपभोक्ता संरक्षण विभागले तरकारी तथा फलफूल व्यवस्थापन समिति र व्यापारीसँग छलफल गर्दैछ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर आइतबार, कात्तिक ११, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ।
नवलपुरमा जङ्गली च्याउको तरकारी खाँदा एकै घरका ५ जना बिरामी आइतबार, कात्तिक ११, २०८१ च्याउ खाँदा ४८ वर्षीय बाबुलाल राजवंशी, ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षका मदन राजवंशी र ९ वर्षीया रिदिमा राजवंशी बिरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।