News Griha :: न्यूजगृह
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा
फाइल तस्बिर।

काठमाडौं— अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आएका छन्। तीनदिने भ्रमणका क्रममा सहायक विदेशमन्त्री लू आइतबार काठमाडौं ओर्लिएका हुन्। भारत र श्रीलंकाको भ्रमणपछि उनी नेपाल आएका हुन्। 

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार काठमाडौं रहँदा सहायक विदेशमन्त्री लूले नेपाली नेताहरूका साथै नागरिक समाजसँग समेत अन्तरक्रिया गर्नेछन्।

उनको भ्रमणले पर्यावरण संरक्षण, महिला सशक्तीकरण, संस्कृति संवर्द्धन र दिगो विकासका श्रेत्रमा नेपाल र अमेरिकी सहकार्यलाई अझ सुदृढ बनाउन भूमिका खेल्ने दूतावासले जनाएको छ। भ्रमणका क्रममा उनले युवाहरूसँग पनि साक्षात्कार गर्नेछन्।
 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १६:३२
Weather Update