News Griha :: न्यूजगृह
४५.९३ अंकले घट्यो नेप्से

काठमाडौं— शेयर कारोबार मापक नेप्से परिसूचक ४५.९३ अंकले घटेको छ। नेप्से एक दशमलव ६७ प्रतिशतले घटेर २६८९ विन्दुमा बन्द भएको छ।

आइतबार कुल २७ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको मूल्य घट्यो। ३ कम्पनीको मूल्य स्थिर रह्यो। 

७ अर्ब ४६ करोड रुपैयाँ कारोबार भएको छ। ८१ हजार ४०४ पटकको शेयर किनबेचबाट १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता शेयर किनबेच भयाो। 

आइतबार सबै उपसमूहहरू घटेको छ। सबैभन्दा बढी जिवन बिमा ४२३.०४, होटल तथा पर्यटन १२४‍.४५ र निर्जीवन बिमा १०९.११ अंकले घटेको हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १५:५९
Weather Update