News Griha :: न्यूजगृह
प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

झापा— प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन्। विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा पुगेका ओलीलाई चन्द्रगढी विमानस्थलमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गरे। 

उनले आजै मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रुपमा स्थापना गरिएको मानवसेवा आश्रम र दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्नुहुने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए। 

प्रजिअ बास्तोलाका अनुसार व्यावसायिक कम्प्लेक्स उद्घाटन कार्यक्रममा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र खानेपानीमन्त्री प्रदीप यादवसमेत सहभागी हुने कार्यक्रम छ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १३:३१
Weather Update