दसौँ राष्ट्रिय खेलकुद चैत २३ देखि
काठमाडौं — दसौँ राष्ट्रिय खेलकुदको मिति फेरि सारिएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८औं बोर्ड बैठकबाट आउँदो चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा गर्ने निर्णय भएको सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए।
यसअघि राखेपले दसौँ राष्ट्रिय खेलकुद गत मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमै गर्ने भनेको थियो। गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापनका दिन २०७९ कात्तिक २ गते बसेको राखेपको ११५ औँ बोर्ड बैठकले उक्त मितिमा दसौँ राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने निर्णय लिएको थियो।
खेलकुदमन्त्री चौधरीले केही दिनअघि पोखरा पुगेर खेल पूर्वाधार निर्माणको कार्य नसकिएकाले मंसिरमा राष्ट्रिय खेलकुद हुन नसकेको र अब फागुन अन्तिम सातातिर गर्ने लक्ष्य राखेको बताएका थिए।
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१ ०७:२६