अर्थमन्त्री पौडेलसँग एमसीसीकी प्रमुख कार्यकारीको भेट शुक्रबार, कात्तिक ९, २०८१
आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल शुक्रबार, कात्तिक ९, २०८१ रामपुर नगरपालिका–९ का नारायण भुसालले व्यावसायिक रूपमा सागसब्जीखेती सुरु गरेका छन्। दुई दशक विदेश मजदुरी गरेका उनले रामपुर–७ को पाँच रोपनी पाखोबारी भाडामा लिएर सागसब्जीखेती सुरु गरेेका हुन्।
मिठो परिकारका लागि मुसाको सिकार! शुक्रबार, कात्तिक ९, २०८१ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्न निकै निपुण छन्। उनी बिल (दुलो) हेरेर नै त्यहाँ मुसा भए/नभएकोपत्ता लगाउँछन्। मुसा मार्ने कला उनले सानै छँदादेखि सिकेका हुन्।
अष्ट्रेलियन डलर, युरो र पाउण्डको मूल्य बढ्यो शुक्रबार, कात्तिक ९, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ।
भत्किएको कोठामा कार्यालय प्रमुख शुक्रबार, कात्तिक ९, २०८१ जिल्लाको बेलझुण्डीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला छ। सोही ठाउँमा एथ्लेटिक्सको सिन्थेटिक ट्रयाक छ। त्यही गौरवको उक्त रङ्गशाला संरक्षण गर्ने जिम्मा–दाङ जिल्ला खेलकुद विकास समिति हो। तर त्यही समितिका कार्यालय प्रमुख बस्ने कोठा सुरक्षित छैन।
विद्युत् प्राधिकरणले काट्यो महसुल नतिर्ने उद्योगको लाइन शुक्रबार, कात्तिक ९, २०८१ नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल नबुझाउने उद्योगको लाइन काटेको छ।
८ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्रका सहायक हवल्दार र जवान पक्राउ शुक्रबार, कात्तिक ९, २०८१ दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरीका अनुसार दाङको राप्ती गाउँपालिका-१ भालुवाङस्थित २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्रका सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर पक्राउ परेका हुन्।
पश्चिमी र स्थानीय वायुसँगै नेपालको मौसममा ‘दाना’ चक्रवातको पनि आंशिक प्रभाव शुक्रबार, कात्तिक ९, २०८१ हाल देशभर पश्चिमी वायुसँगै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभावसमेत रहेको छ।
सूर्यदर्शन सहकारीपीडित रित्तो थाल बोकेर सडकमा शुक्रबार, कात्तिक ९, २०८१ दुःखजिलो गरी आर्जेको रकम सहकारीमा डुबेपछि बचतकर्ता महिनौँदेखि पीडामा छन्। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायत सहकारी संस्थाका बचतकर्ताले बिहीबार पनि सङ्घर्षलाई जारी राखे। उनीहरूले रित्तो थालसहित सडकमा प्रदर्शन गरे र धर्ना बसे।
१० बजे १० मिनेट: डेङ्गुविरुद्धको अभियान सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय बिहीबार, कात्तिक ८, २०८१ सरकारी कार्यालयमा रहेको ग्यारेज सहितका स्थानहरूमा प्रयोगविहीन टायर वा सवारी साधनमा पानी जमेर बस्ने तथा त्यसले डेङ्गु फैलाउने मच्छरको फैलावटमा मद्दत पुग्दै आएकाले त्यस्ता सबै स्थानको सरसफाइ गरिनुपर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव छ।
मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्रीको ब्रिफिङ : 'क्याबिनेट निर्णय नभए घिसिङले उद्योगको लाइन काट्छु भनेका छन्' बिहीबार, कात्तिक ८, २०८१ डेडिकेटेड र ट्रंक लाइनको विद्युत् उपभोग गरी बक्यौता नतिर्ने उद्योगी र प्राधिकरणका कार्यकारी प्रमुख घिसिङका विषयमा मन्त्रिपरिषद्बाट कुनै निर्णय भइनसकेको ती मन्त्रीहरूले बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले यो विषयमा थप छलफल गर्ने ती मन्त्रीहरूले जानकारी दिएका छन्।
रवि लामिछानेलाई अब तिहारपछि मात्र अदालत लगिने बिहीबार, कात्तिक ८, २०८१ सहकारी ठगी र संगठित अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका लागि जिल्ला अदालत कास्कीले बिहीबार सात दिनको म्याद थपेको छ।
रवि र छविमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान हुने बिहीबार, कात्तिक ८, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्व डीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने भएको छ।