News Griha :: न्यूजगृह
रास्वपालाई लक्षित गर्दै एमालेले भन्यो- अदालती प्रक्रियालाई प्रभावित हुने गरी आन्दोलन गर्नु अनुचित
रास्वपालाई लक्षित गर्दै एमालेले भन्यो- अदालती प्रक्रियालाई प्रभावित हुने गरी आन्दोलन गर्नु अनुचित पोखरामा प्रदर्शन गर्ने प्रत्येक व्यक्ति कसुरदार हुन् स् एमाले
आन्तरिक पर्यटकको रोजाइमा ढोरपाटन शिकार आरक्ष
आन्तरिक पर्यटकको रोजाइमा ढोरपाटन शिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ।
निर्माणाधीन घरको छतबाट लडेर मजदुरको मृत्यु
निर्माणाधीन घरको छतबाट लडेर मजदुरको मृत्यु गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको हो। 
सुर्खेतमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते
सुर्खेतमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते सुर्खेतको बराहताल गाउँपालिकामा मिनीबस दुर्घटना भएको छ। ०२२ १ ख १०१४ नम्बरको मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।मृत्यु हुनेमा दैलेखको ठाटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाही रहेको प्रहरीले जनाएको छ। 
भारतमा ‘दाना’ आँधीको आतङ्क, नेपालमा पनि प्रभाव
भारतमा ‘दाना’ आँधीको आतङ्क, नेपालमा पनि प्रभाव बंगालको खाडीमा विकसित चक्रवात आँधी ‘दाना’को प्रभाव नेपालमा पनि परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार कोशी प्रदेशमा त्यस चक्रवातको आंशिक प्रभाव परिरहेको हो।
एमालेलाई जग्गादानविरुद्धको रिट न्यायाधीश सुवेदीको इजलासमा
एमालेलाई जग्गादानविरुद्धको रिट न्यायाधीश सुवेदीको इजलासमा गुरुङ चर्चित ललिता निवास जग्गा घोटाला प्रकरणका मुख्य दोषी हुन्। विशेष अदालतले उनलाई २ वर्ष कैद सजाय सुनाएको छ। त्यस्तै सोही प्रकरणमा जिल्ला अदालतमा पनि लिखत कसुर (किर्ते) सम्बन्धी मुद्दा पनि विचाराधीन छ। यस्तै भ्याट छली प्रकरणमा पनि उनी दोषी ठहर भएका छन्।
डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै
डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै  नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनामा पेट्रोल पनि आयात हुने भएको छ। मोतीहारी–अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज १७ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल पाइपलाइनबाट ल्याएर प्राविधिक परीक्षण गरिरहेको छ। 
रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो
रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ।
अमेरिका गएका वडाध्यक्ष नौ महिनासम्म पनि फर्किएनन्, वडा कार्यालयमा ताला
अमेरिका गएका वडाध्यक्ष नौ महिनासम्म पनि फर्किएनन्, वडा कार्यालयमा ताला अमेरिका गएका साकेला गाउँपालिका–४ का वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन्।
तीन मन्त्रीले शपथ लिएसँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिमण्डल
तीन मन्त्रीले शपथ लिएसँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिमण्डल लुम्बिनी प्रदेशमा हिजो बुधबार नियुक्त तीन जना नयाँ मन्त्रीले आज पद तथा गोपनीयताको शपथ  लिएका छन्।मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टीबाट बाँकेका आदेशकुमार अग्रवाललाई बुधबार मन्त्री नियुक्त गरेका थिए।
सिटामोलको अभाव भएको हो?, के भन्छ औषधि लिमिटेड? 
सिटामोलको अभाव भएको हो?, के भन्छ औषधि लिमिटेड?  देशभर डेङ्गुको सङ्क्रमण बढेको बेला सिटामोल सहजै नपाइएको गुनासो आइरहेका बेला लिमिटेडले सिटामोल नियमित उत्पादन गरिरहेको र अभाव पनि नरहेको जनाएको हो।
म्याद थपका लागि रवि लामिछानेलाई आज अदालत लगिँदै
म्याद थपका लागि रवि लामिछानेलाई आज अदालत लगिँदै लामिछानेसँगको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकिल कार्यालयको तयारी छ। लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिने कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।
Weather Update