News Griha :: न्यूजगृह
चितवनमा बयान सकिएपछि रवि लामिछानेलाई पोखरा लगियो

चितवन — सहकारी ठगी प्रकरणमा चितवन प्रहरीमा बयान सकिएपछि रवि लामिछानेलाई बिहीबार बिहानै पोखरा लगिएको छ।

लाामिछानेलाई मंगलबार बिहान चितवन ल्याएर बुधबार राति ९ बजेसम्म बयान लिइएको थियो। बिहीबार बिहानै उनलाई पोखरा पठाइएको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए।

लामिछानेलाई कात्तिक २ मा कास्की प्रहरीले पक्राउ गरेको थियो।

सहकारी प्रकरणमा बारेमा बयानका लागि लामिछानेलाई रूपन्देही र काठामाडौं पनि लगियो। यसै विषयमा अनुसन्धान गर्न पर्सा प्रहरीले पनि पक्राउ पुर्जी जारी गरिसकेको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १०:०९
Weather Update