News Griha :: न्यूजगृह
११६.४५ ग्राम सुनसहित न्युरोडबाट २ भारतीय नागरिक समातिए
११६.४५ ग्राम सुनसहित न्युरोडबाट २ भारतीय नागरिक समातिए अवैध सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले न्युरोडबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको कलकत्ता घर भएका ३५ वर्षीय प्रशान्तिज बेरा र ३० वर्षीय आनन्द साहु छन्। 
रवि लामिछानेविरुद्ध रूपन्देही अदालतले पनि जारी गर्‍यो पक्राउ पुर्जी
रवि लामिछानेविरुद्ध रूपन्देही अदालतले पनि जारी गर्‍यो पक्राउ पुर्जी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान हुने भएको छ।
राप्ती नदीमा नुहाउने क्रममा डुबेर ३ बालिकाको मृत्यु
राप्ती नदीमा नुहाउने क्रममा डुबेर ३ बालिकाको मृत्यु दाङमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ। लमही नगरपालिका–२ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदीमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।
सामाजिक सद्‍भाव र भाइचारा कायम गरेर चाडपर्व मनाउन काठमाडौं प्रशासनको आग्रह
सामाजिक सद्‍भाव र भाइचारा कायम गरेर चाडपर्व मनाउन काठमाडौं प्रशासनको आग्रह सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जारी गरेको सूचनामा चाडपर्वको अवसरमा शान्ति सुरक्षामा असर पार्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैँझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गरेको छ।
नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७ बिन्दुमा
नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७ बिन्दुमा शेयर बजारको गिरावटले निरन्तरता पाएको छ। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १८.२५ अंक घटेर २६२७ मा कायम भएको छ। बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। 
९० वर्षको उमेरमा कृषि र पशुपालनमा सक्रिय
९० वर्षको उमेरमा कृषि र पशुपालनमा सक्रिय सामान्यतया ९० वर्षको उमेरमा अधिकांशलाई हिँडडुल गर्न गाह्रो हुन्छ। तर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका तारादत्त भट्ट ९० वर्षको उमेरमा पनि शारीरिक रुपमा सक्रिय छन्। यो उमेरमा उनले व्यावसायिक कृषि र पशुपालन गरेर वार्षिक २० लाखसम्म आम्दानी गर्दै आएका छन्। उनले ४० रोपनी जग्गामा तरकारीखेती गरेका छन् ।
रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति अदालतले प्रहरीलाई अनुसन्धानका लागि भने पक्राउ परेकै दिन अर्थात् शुक्रबारबाटै गणना हुने गरी ६ दिन म्याद दिएको थियो। उनीमाथि सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ।
नेपाल पनि पोलियोको जोखिममा
नेपाल पनि पोलियोको जोखिममा आज नेपालसहित विश्वभर पोलियो दिवस मनाइँदै छ। यस वर्ष दिवसको नारा ‘पोलियो अन्त्य गरौँ’ भन्ने रहेको छ। दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भिडिओ सन्देश जारी गर्दै पोलियो रोग उन्मूलन गर्ने विश्वव्यापी महान अभियानमा संलग्न हुन सबैमा अनुरोध गरेका छन्।
मुक्तिनाथमा दैनिक चार हजार पर्यटकको आगमन
मुक्तिनाथमा दैनिक चार हजार पर्यटकको आगमन हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ। दसैँ सकिएलगत्तै मुक्तिनाथमा दैनिक करिब चार हजार धार्मिक पर्यटकको आगमन हुन थालेको हो।
विद्युत प्राधिकरण सञ्चालक समिति बैठक निर्णयविहीन, ६ अर्ब ४३ करोड बक्यौता कसरी असुल होला?
विद्युत प्राधिकरण सञ्चालक समिति बैठक निर्णयविहीन, ६ अर्ब ४३ करोड बक्यौता कसरी असुल होला? प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै न कुनै निकायको लिखित निर्देशनबिना त्यस्तो निर्णय गर्न नसकिने बताएका थिए। लिखित निर्देशन दिन कोही पनि तयार नभएपछि बैठक निष्कर्षविहीन भएको सञ्चालक समितिका एक सदस्यले जानकारी दिए।
अभियन्ता रुवि खान पक्राउ 
अभियन्ता रुवि खान पक्राउ  बाँकेकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलन गर्दै आएकी अभियन्ता खान शीतलनिवास अगाडिबाट पक्राउ परेकी हुन्।
Weather Update