News Griha :: न्यूजगृह
जापानविरुद्ध अग्रता लिएको नेपालले खायो ९ गोल
जापानविरुद्ध अग्रता लिएको नेपालले खायो ९ गोल एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल साविक विजेता जापानसँग पराजित भएको छ। कताको हमाद हमाद विन खालिफा स्टेडियममा गएराति भएको खेलमा नेपाल जापानसँग ९–२ गोलले पराजित हुन पुग्यो। खेलमा सविनकुमार लुङ्गेली मगरले १२औं मिनेटमा गोल गर्दै नेपालले अग्रता लिएको थियो।
अष्ट्रेलियन डलर, युरो र पाउण्डको मूल्य घट्यो
अष्ट्रेलियन डलर, युरो र पाउण्डको मूल्य घट्यो नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ।
जुम्लाबाट एक वर्षमा ४ हजारले लिए नागरिकता, राहदानी बनाउनेको सङ्ख्या पनि बढ्दो
जुम्लाबाट एक वर्षमा ४ हजारले लिए नागरिकता, राहदानी बनाउनेको सङ्ख्या पनि बढ्दो जुम्लाबाट एक वर्षको अवधिमा चार हजारभन्दा बढीले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्। गत आर्थिक वर्षमा चार हजार एक सय ६२ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर हेमन्त पुलामीले जानकारी दिए।
आमा सम्झाउने ‘मातृचक्र’
आमा सम्झाउने ‘मातृचक्र’ सङ्घर्ष, माया र ममताको प्रतिमुर्ति आमा शब्द सबैलाई प्रिय लाग्छ। प्राणी जगत्मा आमाको स्थान सबैभन्दा माथि छ। आमा शब्द भावनासँग जोडिएको छ। आमाको बारेमा धेरै साहित्य लेखिएका छन्।
देशका केही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
देशका केही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना कोशी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।
रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनमा हस्तक्षेप नगरेको भन्दै चितवनका सीडीओ र एसपीको सरुवा
रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनमा हस्तक्षेप नगरेको भन्दै चितवनका सीडीओ र एसपीको सरुवा स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएपछि चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला प्रदर्शन र दहन हुँदा प्रशासनले हस्तक्षेप नगरेको भन्दै गृह मन्त्रालयले उनीहरूको सरूवा गरेको हो।
मुस्ताङबाट यस वर्ष ९२ करोड बढीको स्याउ निर्यात
मुस्ताङबाट यस वर्ष ९२ करोड बढीको स्याउ निर्यात स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ। स्याउ निर्यात गरेर मुस्ताङी किसानले ९२ करोड रुपैयाँ बढी जिल्लामा भित्र्याएका छन्।
बालुवाजन्य सामग्रीले सप्तकोशीको सतह उच्च हुँदा जोखिम बढ्दै
बालुवाजन्य सामग्रीले सप्तकोशीको सतह उच्च हुँदा जोखिम बढ्दै वर्षायाममा बाढी आउँदा सप्तकोशीको राक्षसी रूप देखिन्छ। पूर्वी पहाडी जिल्ला र अन्य ठूला नदीमा पानीको सतह बढने बित्तिकै सप्तकोशी नदीमा पानीको बाहव बढ्दै जान्छ र नदी आसपासका क्षेत्रमा तहसनहसको स्थिति बन्दा देश, विदेशको ध्यान सप्तकोशी नदीमा केन्द्रित हुन्छ।
काठमाडौं उपत्यकाको तापक्रम १३ डिग्री सेल्सियससम्म झर्ने अनुमान
काठमाडौं उपत्यकाको तापक्रम १३ डिग्री सेल्सियससम्म झर्ने अनुमान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियससम्म झर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले गरेका छन्। मौसम महाशाखाले गरेको प्रक्षेपणअनुसार बिहीबार बिहान उपत्यकाको न्यूनतम तापक्रम १३ देखि १५ डिग्री सेल्सियसबीचमा रहने सम्भावना देखिएको हो। 
दुर्घटनामा २ जनाको मृत्यु भएपछि झापामा तनाव, प्रर्दशनकारीद्वारा प्रहरी बिटमा आगजनी
दुर्घटनामा २ जनाको मृत्यु भएपछि झापामा तनाव, प्रर्दशनकारीद्वारा प्रहरी बिटमा आगजनी कमल गाउँपालिकास्थित पुर्वपश्चिम राजमार्गमा पर्ने केर्खामा दुर्घटनामा २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी ११ वर्षीया नातिनी कृपा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनप्रसाद सोडारीले जानकारी दिए।
चिसो बढे पनि अझै एक महिना डेङ्गुको जोखिम
चिसो बढे पनि अझै एक महिना डेङ्गुको जोखिम दसैँपछि काठमाडौं उपत्यकामा चिसो बढे पनि डेङ्गु सङ्क्रमण रोकिएको छैन। चिसो बढेपछि लामखुट्टे कम हुने भए पनि यसको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण धेरै नघटेको चिकित्सकहरू बताउँछन्।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा विमल शर्मा चालिसेका अनुसार दसैँपछिका केही दिनमा डेङ्गुका बिरामी ह्वातै बढेका थिए। 
प्रचण्ड सरकारकै पालामा कार्यान्वयन भएका काम पनि ओलीको १०० दिने उपलब्धि सूचीमा
प्रचण्ड सरकारकै पालामा कार्यान्वयन भएका काम पनि ओलीको १०० दिने उपलब्धि सूचीमा त्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै पालामा कार्यान्वयनमा आएको ‘विदेशी लगानी स्वीकृत गर्ने स्वचालित प्रणाली (अटोमेटिक रुट)’ लाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा सम्पन्न भएको दाबी गर्दै १०० दिने उपलब्धिको सूचीमा समेटेका छन्।
Weather Update