News Griha :: न्यूजगृह
राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेद्वारा पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा  
राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेद्वारा पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा   राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएकी छिन्। घिमिरेले आइतबार विज्ञप्ति जारी गर्दै पार्टीका सबै जिम्मेवारीबाट आफू अलग भएको घोषणा गरेकी हुन्।  
भारत निर्वाचनः तनावग्रस्त मणिपुरका ११ स्थानमा सोमबार मतदान
भारत निर्वाचनः तनावग्रस्त मणिपुरका ११ स्थानमा सोमबार मतदान भारतको उत्तरपूर्वी राज्य मणिपुरका केहीस्थानमा स्थगित भएको मतदान भोलि (सोमबार) गराउने त्यहाँको निर्वाचन आयोगले जनाएको छ।१९ अप्रिलमा भएको पहिलो चरणको मतदानमा मणिपुरका ११ मतदान केन्द्रहरू स्थगित गरिएका थिए।
विभिन्न माग राख्दै नुवाकोटका किसान श्रीराम घिमिरे ९ दिनदेखि अनशनमा
विभिन्न माग राख्दै नुवाकोटका किसान श्रीराम घिमिरे ९ दिनदेखि अनशनमा नुवाकोटका किसान श्रीराम घिमिरे विभिन्न मागसहित अनशनमा बसेको आज ९ दिन पुगेको छ। कृषि क्षेत्रमा कुल बजेटको १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने लगायतका माग राख्दै रत्नपार्कको शान्तीबाटिकामा आमरण अनशन बसेका हुन्। 
डढेलोका कारण गुल्मीमा करोडौँको क्षति, ६७ भन्दा बढी घरगोठ जले
डढेलोका कारण गुल्मीमा करोडौँको क्षति, ६७ भन्दा बढी घरगोठ जले गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करोडौँको क्षति भएको छ। सामुदायिक वन र निजी वनबाट सल्केको डढेलोले ६७ भन्दा बढी घर गोठ जलेका छन्। दर्जनौँ पशुचौपाया आगोले गोठमै जलेर मरेका छन्। 
सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोग बढेको छः मन्त्री शर्मा
सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोग बढेको छः मन्त्री शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोगमा बढोत्तरी भएको बताएकी छिन्। आइतबार सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सूचना प्रविधि क्षेत्रको अन्तराष्ट्रिय प्रतिनिधिहरुसँग भेटघाटमा उनले सरकारले पनि सेवा प्रवाहमा सुचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आइरहेको बताइन्। उनले सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोग बढिरहेको पनि बताइन्। 
तत्काल वामपन्थी एकता हुँदैनः प्रधानमन्त्री प्रचण्ड 
तत्काल वामपन्थी एकता हुँदैनः प्रधानमन्त्री प्रचण्ड  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकता नहुने बताएका छन्। आइतबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै तत्काल वाम एकताको सम्भावना नभएको बताएका हुन्।
अमेरिकाको पीआर लिएको आरोपमा विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा
अमेरिकाको पीआर लिएको आरोपमा विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र (पीआर) लिएर सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पद लिएको आरोपमा अख्तियारले पौडेलविरुद्ध मुद्दा दायर गरेको हो।उनीविरुद्ध यसअघि नै सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दा विशेष...
लगानी सम्मेलनबाट नेपालले लाभ लिन सक्ला? यस्ता छन् प्राथमिकताका क्षेत्र [कुराकानी] 
लगानी सम्मेलनबाट नेपालले लाभ लिन सक्ला? यस्ता छन् प्राथमिकताका क्षेत्र [कुराकानी]  भारत, चीन, बङ्गलादेशमा भौतिक रुपमा प्रिइभेन्ट्सहरु आयोजना भए भने जर्मनीलगायत विभिन्न मुलुकसँग भर्चुअल रुपमा पनि छलफल आयोजना गरेका थियौँ। विदेशस्थित कुटनीतिक नियोगका प्रमुख तथा राजदूतहरु पनि परिचालित गरेर पनि विभिन्न देशका लगानीकर्तालाई सम्मेलन र नेपालबारे जानकारी दिइएको छ।
सहकारी पीडितको रोदन: ‘सरकार! कि न्याय देउ कि मारिदेउ’ 
सहकारी पीडितको रोदन: ‘सरकार! कि न्याय देउ कि मारिदेउ’  काठमाडौं उपत्यकाका विभिन्न सहकारी पीडितले सरकारसँग पीडितका समस्या सुनिदिएर चाँडो न्याय दिलाउन आग्रह गरेका छन्। सन्ध्या बचत तथा ऋण सहकारी, ओरियन्ट फाइनान्स र  गौतम श्री बहुउद्देश्यीय सहकारीका पीडितले आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय बुद्धनगर पुगेर आफूहरूलाई सरकारले बेवास्ता गरेको बताए।  
लुम्बिनी सरकारबाट बाहिरियो जसपा
लुम्बिनी सरकारबाट बाहिरियो जसपा ८७ सदस्यीय लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद रहेका छन्। मुख्यमन्त्री जोखबहादुर महराले चैत्र ३० गते विश्वासको मत लिँदा ४८ मत पाएका थिए। जसपा सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन। सर्मथन फिर्ता लिएमा भने सरकार अल्पमतमा पर्ने देखिन्छ। 
प्रधानमन्त्री प्रचण्डको दाबी: यो समीकरण पूरै कार्यकाल जान्छ 
प्रधानमन्त्री प्रचण्डको दाबी: यो समीकरण पूरै कार्यकाल जान्छ  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता समीकरण पूरै कार्यकाल अघि बढ्ने दाबी गरेका छन्। आइतबार कैलालीको धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा सुनुवाइ जारी
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा सुनुवाइ जारी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पुर्याउने प्रकरणमा परेको मुद्दामा आइतबार सुनुवाइ भइरहेको छ। आज सर्वोच्चका न्यायाधीश न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भइरहेको हो। 
Weather Update